Skip to content

विमानका सबै स्क्रिनमा आर–रेटेड चलचित्र देखाएपछि क्वान्टसले माग्यो माफी

nabil bank
एजेन्सी । क्वान्टस एयरलाइन्सले सिड्नीबाट जापान जाने यात्रुहरूलाई एउटा आर–रेटेड फिल्म  देखाइएकामा माफी मागेको छ । उक्त उडानका सबै स्क्रिनमा उक्त चलचित्र देखाइएको थियो ।
हानेडा उडानमा रहेका यात्रुहरूलाई सन् २०२३ को आर–रेटेड फिल्म ड्याडिओ देखाइएको थियो । जसमा डकोटा जोन्सनले अभिनय गरेकी छन् । प्राविधिक समस्याका कारण व्यक्तिगत रूपमा फिल्म छनोट गर्न नसकिने भएपछि केही यात्रुहरूको अनुरोधमा चालक दलले उक्त फिल्म सम्पूर्ण उडानमा देखाउने निर्णय गरेका थिए ।
जब यात्रुहरूले फिल्मको सामग्रीबारे जानकारी पाए, चालक दलले त्यसलाई बन्द गरेर त्यसको सट्टामा बालबालिकाका लागि उपयुक्त फिल्म देखाएका थिए ।
“फिल्म स्पष्ट रूपमा सम्पूर्ण उडानका लागि उपयुक्त थिएन, र यस अनुभवका लागि हामी यात्रुहरूलाई माफी माग्छौं”, क्वान्टसका प्रवक्ताले भने, “बाँकी उडानको लागि सबै स्क्रिनहरू परिवारमैत्री फिल्ममा परिवर्तन गरिएको थियो, जुन व्यक्तिगत फिल्म छनोट सम्भव नभएका दुर्लभ अवस्थामा हाम्रो मानक प्रक्रिया हो ।”
उक्त उडानपछि केही यात्रुहरूले सामाजिक सञ्जालमा यस अनुभवलाई सेयर गरेका थिए । एकले फिल्मलाई ४० मिनेटको नग्नता भनेर वर्णन गरेका थिए ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime