Skip to content
Prabhu

ललितपुरको कुपनडोलमा बीवाईडीको नयाँ शोरुम

 

काठमाडौं ।  ललितपुरको कुपनडोलमा विद्युतीय सवारी बीवाईडीको नयाँ शोरुम खुलेको छ । ईको  ड्राइभ प्रालिले बीवाईडीको आधिकारिक शोरुमको रुपमा ललितपुरमा शोरुम उद्घाटन गरेको हो । 

ललितपुरको कुपनडोल हाइटमा खुलेको नयाँ शोरुम ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उद्घाटन गरेका हुन् । शोरुम उद्घाटन गर्दै मेयर चिरिबाबुले आफू सधै इको फ्रेड्ली विद्युतीय सवारीको पक्षमा रहेको बताउँदै आफ्नै महानगरभित्र विद्युतीय गाडीको शोरुम ल्याएकोमा कम्पनीलाई धन्यवाद दिए । 

सोही अवसरमा मेयर महर्जनले आफूले पनि बीवाईडीको विद्युतीय गाडी नै चढिरहेको बताउँदै महानगरपालिकाले किन्ने हरेक गाडी विद्युतीय नै हुने दाबी गरे । 

चिरिबाबुले भने, ‘ललितपुर महानगरपालिकाले नीति नै बनाएर अघि बढेको छ । गाडी खरिद गर्नुपरे विद्युतीय नै किन्ने । मैले पनि लामो समयदेखि विद्युतीय गाडी नै चढिरहेको छु ।’ सन् २०३० सम्ममा फोसिल फ्यूलबाट चल्ने सवारी मुक्त गर्ने विश्व वातावरण नीति भएकाले नेपालले पनि यसैको सिको गर्नुपर्ने उनले बताए । 

ललितपुर महानगरले आफ्नो २९ वटा वडाहरु मध्ये कोर सिटीभित्र पर्ने क्षेत्रमा विद्युतीय सटल बस सञ्चालन गर्ने तयारीसमेत गरिरहेको उनले बताए । 

स्मार्ट सिटीको अवधारण अनुरुप सदर चिडिया खाना क्षेत्रमा पनि साना–सान विद्युतीय सटल बस सेवा सञ्चालन गर्ने तयारी महानगरले गरिरहेको उनले जानकारी दिए । कार्यक्रममा इको ड्राइभका अध्यक्ष प्रकाश तुलाधरले बीवाईडीले नयाँ शोरुममार्फत इको सवारी र प्रयोगमा नयाँ पाइला अघि बढाएको बताए।

नेपालका लागि बीवाईडीको आधिकारिक आयातकर्ता साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले विद्युतीय सवारीको प्रयोगमा बीवाईडीले ठूलो संघर्ष गरेको बताइन् ।  बीवाईडी एउटा स्थापित कम्पनीको रुपमा परिचित भएको बताइन् । 

केही समय अघि काठमाडौँ उपत्यकाभित्र केही शोरुमहरुमा मात्र सीमित भएको कम्पनी हाल देशका मुख्य–मुख्य सहरहरुमा शोरूम स्थापना भैसकेको उनले बताइन् ।  साइमेक्स इंकले विगत ७ वर्षदेखी नेपालमा बीवाईडीका उत्पादनहरु बिक्री वितरण गर्दै आइरहेको छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal