Skip to content
Prabhu

एनआरएनएको विवाद समाधान गर्न परराष्ट्र मन्त्रालयद्धारा कार्यदल गठन

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए) भित्र देखिएको विवाद समाधान गर्न परराष्ट्र मन्त्रालयले कार्यदल गठन गरेको छ । 

साउदले एनआरएनएको निर्वाचनमा भएको अनियमिताको विषयमा छानबिन गर्न चार सदस्य छानबिन समिति गठन गरेका हुन् । 

परराष्ट्रमन्त्री एनपी साउदले मंगलबार छानबिन समिति गठन गर्ने निर्णय गरेका छन् । 

उपमहान्यायाधीवक्ता गोपालप्रसाद रिजालको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको हो । परराष्ट्र मन्त्रालयका अनुसार समितिमा परराष्ट्र मन्त्रालयबाट रीता धिताल, सीआईबीबाट एसपी दिनेश आचार्य र अर्थ मन्त्रालयबाट हेमराज पौडेल सदस्य छन् । समितिलाई एनआरएनए निर्वाचनमा भएको धाँधलीका साथै एनआरएनए भित्रको विवादका समग्र विषयमा अध्ययन गरेर दुई साताभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ 

गत असोजमा भएको एनआरएनएको निर्वाचनबाट संस्थामा विवाद देखिएको छ । भेरो प्रणालीबाट गरेको निर्वाचनमा बर्दी केसी निर्वाचित भएको घोषणा गरेपनि अध्यक्षका प्रत्यासी राजेन्द्रकुमार शर्मा र महेश श्रेष्ठले त्यसलाई अस्वीकार गर्दै आएका छन् । 

भेरो प्रणालीबाट भएको भोटमा उपाध्यक्षका प्रत्यासी केशव पौडेलको काठमाडौंमा शुन्य भोट आएको भन्दै पराजित घोषणा गरिएको थियो । पछि पौडेलले जितेको घोषणा गरिएको थियो । निर्वाचनमा विवाद भएपछि अध्यक्षका प्रत्यासीबीच १५ दिनभित्र छानबिन सहमति गठन गर्ने भद्र सहमति भएको थियो । त्यसलाई अस्वीकार गर्दै केसीले आाफू विजय भएको भन्दै सपथ लिएपछि संस्थामा विवाद भएको छ । केसीले लिएको सपथलाई विधि अनुसार नभएको भन्दै शर्मा र श्रेष्ठ समूहले शर्मालाई अध्यक्षमा निर्वाचन भएको घोषणा गरेका थिए । 

एनआरएनएमा दुई वर्ष अगाडि शेष घलेको संरक्षकत्वमा अर्को समिति समेत क्रियाशिल छ । जसको अध्यक्ष बिनोद कुँवर रहेका छन् ।

भेरो प्रणालीबाट निर्वाचन जितेका भनेको बद्र्री समूहले उच्च अदालतमा आफूले निर्वाचन जितेको भन्दै संस्था नवीकरण गर्न माग गर्दै मुद्दा समेत दायर गरेका छन् । अदालतले यसलाई अग्राधिकार कायम गर्दै परराष्ट्रको नाममा कारण देखाउ आदेश जारी गरेको छ । 

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal