Skip to content

नेपाली जनसम्पर्क समिति बेल्जियमले गर्‍यो एनआरएनए केन्द्रीय पदाधिकारीहरुलाई सम्मान

nabil bank

 बेल्जियम। नेपाली जनसम्पर्क समिति बेल्जियमले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सन्धर्बमा आयोजित अन्तरकृया सहित जलपान कार्यक्रममा गैरआवासीय नेपाली संघका केन्द्रीय पदाधिकारीहरुलाई सम्मान गरेकोछ ।

 नेपाली काङ्रेसका संस्थापक नेता बिश्वेस्वर प्रशाद कोइराला भारतमा लामो निर्बासन पछि राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर बिक्रम सम्बत २०३३ सालमा नेपाल फर्किएको सन्धर्ब पारेर नेपाली जनसंपर्क समिति बेल्जियमले एक कार्यक्रमको आयोजना गरि बेल्जियमबाट प्रतिनिधित्व गर्ने केन्द्रीय पदाधिकारी लगायतलाई सम्मान गरेको हो ।

 कार्यक्रममा गैर आबासीय नेपाली संघका केन्द्रीय पदाधिकारीहरु उपाध्यक्ष गंगाधर गौतम, सचिब लोक दाहाल, सल्लाहकारहरु सुबाश जोशी , प्रेम गुरुङ , चित्र सुबेदी , आइसिसी सदस्य मदन दवाडी तथा एनआरएनए बेल्जियमकी अध्यक्ष सीता सापकोटा र निर्वाचन समितिका सदस्य सचिब बिनोद न्यौपानेलाई सम्मान गरिएको हो । 

बेल्जियममा स्थापित बैचारिक संगठनका अध्यक्ष एबम प्रतिनिधीहरु लगायत सामाजिक संघ संस्थाका प्रतिनिधि उपस्थित कार्यक्रममा नेपालको बर्तमान अबस्थामा सबै शक्तिको एकता र मेलमिलाप अझ बढि आबस्यक भएको बक्ताहरुले बताएकाछन  । नेपालमा बिभिन्न राजनीतिक पार्टी र समुदायको एकता जस्तै प्रबासमा पनि  सामुहिक हितका लागि गैर आबासीय नेपाली  संघमा पनि एकता र मेलमिलापको आवस्यकता रहेकोले यथासिघ्र  आबस्यक छलफल र बहस गरेर प्रबासका सबै नेपालीलाई एकजुट बनाउनु पर्ने बताए । 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime