Skip to content
Prabhu

नोयल टाटा बने रतन टाटाको उत्तराधिकारी

nabil

६६ वर्षीय नोएल टाटा टाटा ट्रस्टको अध्यक्ष हुने भएका छन् । नोएल रतन टाटाका सौतेनी भाइ हुन् । अक्टोबर ९ मा रतन टाटाको मृत्यु पछि, नोएल नेतृत्वको मात्र दावेदार थिए । उनका भाइ जिमीको नाम पनि चर्चामा रहे पनि उनले यसअघि नै सक्रिय व्यवसायिक जीवनबाट सन्यास लिएका छन् ।

मुम्बईमा भएको ट्रस्ट बैठकमा नोएलको नाममा सहमति भएको थियो । टाटा ट्रस्टले एक आधिकारिक विज्ञप्तिमा भनेको छ, ‘उनको नियुक्ति तत्काल प्रभावकारी हुनेछ।’

नोएलले ससेक्स विश्वविद्यालयमा अध्ययन गरेका हुन् । नोएलले टाटा इन्टरनेशनलबाट आफ्नो करियर सुरु गरेका थिए । सन् १९९९ मा उनी टाटाको रिटेल शाखाको प्रवन्ध निर्देशको रुपमा काम शुरु गरेका थिए ।

नोएल भाइ रतन टाटा जस्तै शान्त र संयमित छन् नोएल आफ्नो जेठो भाइ रतन टाटा जस्तै शान्त र संयमित व्यवहारका लागि परिचित छन्। उनको विशेषता कम प्रोफाइल नेतृत्व शैली हो, जुन रतन टाटाको अधिक सार्वजनिक दृष्टिकोणको विपरीत छ। जहाँ रतनसँग उड्डयनदेखि अटोमोबाइल उद्योगसम्मको कामको अनुभव थियो। ।

सन् २०११ मा जब समूहले रतन टाटाको उत्तराधिकारीको खोजी गरिरहेको थियो, रतन टाटाले एक विदेशी मिडियालाई दिएको अन्तर्वार्तामा नोएलसँग अनुभवको कमी रहेको बताएका थिए ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal