Skip to content
Prabhu

दिल्ली–शिकागो एयर इन्डियाको उडान क्यानडातर्फ डाइभर्ट

nabil

नयाँ दिल्ली । सिकागो जाँदै गरेको एयर इन्डियाको उडान मंगलबार क्यानडाको एउटा विमानस्थलमा बमको धम्कीपछि डाइभर्ट गरिएको अधिकारीहरूले बताएका छन् ।

दिल्लीबाट उडेको विमानलाई अनलाइन बमको धम्की प्राप्त भयो र पछि क्यानाडातर्फ मोडियो, जहाँ उक्त विमान क्यानाडाको इक्लुइट विमानस्थलमा अवतरण भयो ।

साथै, सोमबार मुम्बईबाट न्युयोर्कका लागि उडेको एयर इन्डियाको विमानलाई बमको धम्कीपछि दिल्लीतर्फ डाइभर्ट गरिएको थियो । तर, चेकजाँचका क्रममा कुनै शङ्कास्पद वस्तु भेटिएन ।

भारतको नागरिक उड्डयन सुरक्षा निकाय र नागरिक उड्डयन सुरक्षा ब्यूरोले जुनमा यस्तो धम्की दिनेहरूलाई पाँच वर्षको उडान प्रतिबन्धको प्रस्ताव गरेको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal