काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर फेरि नयाँ कीर्तिमान कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । सुन अघिल्लो दिन १ लाख ६१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदी प्रतितोला १ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ।
प्रतिक्रिया दिनुहोस्