Skip to content
Prabhu

बुध्द एयरको माउन्टेन फ्लाइटमा गएको जहाजमा प्राविधिक समस्यादेखिएपछि आकस्मिक अवतरण

nabil

काठमाडौं । बिहीबार बिहान माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एयरको जहाजको इन्जिनमा समस्या देखिएपछि आकस्मिक अवतरण गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाज एउटा इञ्जिनमा समस्या देखिएपछि अवतरण गरेको विमानस्थल प्रमुख जगन्नाथ निरौलाले जानकारी दिए ।

समस्या देखिएपछि अवतरण भएको र सबै स्थिति सामान्य रहेको उनको भनाइ छ । बुद्धको नाइनएनएजेएस विमानको दायाँ इन्जिनमा समस्या देखिएपछि क्याप्टेनले डाइभर्ट गरी अवतरण गराएको उनले जानकारी दिए ।

हाल बुद्ध एयरको प्राविधिक समूहले हेरिरहेको बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले बताए । आज बुद्ध एयरको मात्रै ५ वटा माउन्टेन फ्लाइट थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal