Skip to content
Prabhu

१० वर्षमा १० हजार मेगावाट बिजुली निर्यातसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल  भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर भएको  । ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा दुई देशका सचिवलेदीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । 

आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने पूर्वसहमतिले आजको हस्ताक्षरसँगैसार्थकता पाएको हो । बिजुली निर्यातसम्बन्धी द्विपक्षीय सहमतिपत्रमा नेपालका तर्फबाट ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देल  भारतका ऊर्जासचिव पंकज अग्रवाललेहस्ताक्षर गरेका छन् ।  


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले गत जेठमा गरेको भारत भ्रमणका क्रममा सो सन्दर्भमासहमति भएको थियो । प्रधानमन्त्री दाहालका भारतीय समकक्षी नरेन्द्र मोदीले सोही अवसरमादीर्घकालीनरुपमा नेपालको बिजुली आयात गर्न लागिएको  दुई देशका बीचमा सहमति भएकोबताएका थिए ।

भारतको संघीय मन्त्रीपरिषद्ले यसअघि नै विद्युत् आयातसम्बन्धी सम्झौतालाई अनुमोदन गरिसकेको । भारतीय विदेशमन्त्री एस जयशंकरको आजदेखि सुरु भएको नेपाल भ्रमणका अवसरमा दुईदेशका सचिवले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

 
सो सहमतिपछि भारतका सरकारी तथा निजी क्षेत्रका विभिन्न कम्पनीले अल्पकालीनमध्यकालीन दीर्घकालीनरुपमा विद्युत् खरिदबिक्री सम्झौता गरी बिजुली लिनेछन् । नेपाल  भारतका निजीक्षेत्रले पनि आवश्यक सहमति गरेर बिजुली आयात निर्यात गर्न सक्नेछन् ।


प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा आयोजित पत्रकार सम्मेलनमा नै दुई देशकाप्रधानमन्त्रीले बिजुली निर्यातका विषयलाई ऐतिहासिक  महत्त्वपूर्ण भएको टिप्पणी गरेका थिए । 


विभिन्न आन्तरिक तयारीपछि यो विषयले साथर्कता पाएको हो ।


सरकारले आगामी १२ वर्षमा कुल २८ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यसहितको ऊर्जाविकास रणनीतिसमेत बनाइसकेको  । त्यसमा १३ हजार मेगावाट आन्तरिक खपतका लागि  १५हजार मेगावाट भारतलगायतका देशमा निर्यात गर्ने लक्ष्य राखिएको  ।

 
उक्त सहमतिपछि नेपालको ऊर्जा क्षेत्रको विकासको ढोका खुल्ने भन्दै निजी क्षेत्रले समेत स्वागतगरेको  । सरकारले निजी क्षेत्रलाई समेत साथमा लिएर ऊर्जा क्षेत्रको विकासमा गुणात्मक परिवर्तनगर्ने लक्ष्य राखेको  ।


त्यसअघि ऊर्जामन्त्री बस्नेतसँग भारतीय ऊर्जासचिव अग्रवाललगायतको प्रतिनिधिमण्डललेशिष्टाचार भेटवार्ता गरेका थिए । सो अवसरमा ऊर्जामन्त्री बस्नेतले दुई देशबीच ऊर्जा क्षेत्रमा सार्थकसहकार्य आरम्भ भएकामा खुसी व्यक्त गर्दै त्यसलाई थप निष्कर्षमा पुर्याउनुपर्ने बताए ।


उनले आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्नेसम्बन्धी सम्झौताले दुई देशकोसम्बन्धलाई थप उचाइमा पुर्याउने बताए । उनले अन्य आयोजनालाई पनि गति दिन  तोकिएकोसमयमा सम्पन्न गर्न आग्रह गरे । उनले ठूला आयोजनामा भारतीय लगानीको अपेक्षा गरेको समेतबताए । 
 
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal