Skip to content
Prabhu

एनआरएनए अभियानलाई सशक्त बनाउँदै आरके शर्मा आईसीसी बैठक आह्वान, यस्ता छन् एजेन्डा

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष आरके शर्माले अभियानलाई सशक्त बनाएर लैजाने भएका छन् । 

जसअनुसार सोमबार शर्माले अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)को बैठक आह्वान गरेका छन् । शर्माले निवर्तमान अध्यक्ष बद्री केसी र उनको समूहले धाँधली गरेपछि आफूहरूले सबै प्रक्रिया पुरा गरेर कमिटी घोषणा गरेको भन्दै सरकारको निकाय परराष्ट्र मन्त्रालयले आफूहरुलाई छिट्टै न्याय दिने विश्वास रहेको बताए । आफूहरूले सबै प्रक्रिया पूरा गरेकाले परराष्ट्रले न्याय दिने उनको विश्वास छ । 

 शर्मालाई ११ ‍ ‍औँ महाधिवेशनमा अध्यक्षको उम्मेदवार रहेका महेश श्रेष्ठ, पूर्वअध्यक्षहरुसहित ठूलो समूहको साथ छ । एनआरएनएभित्र भएको धाँधलीको विवादकै कारण बद्री केसीले जबरजस्ती शपथ दिएपनि हालसम्म आधिकारिकता पाएका छैनन् भने संस्था नवीकरण समेत हुन सकेको छैन । 

यस्तै सबै प्रक्रिया पुरा गरेपछि शर्माले आवश्यक डकुमेन्ट परराष्ट्रमा बुझाएर आधिकारिकताको पत्र पर्खिरहेका छन् । एनआरएनएको आधिकारिक सरकारी निकाय परराष्ट्र रहेको छ ।  उसो त एनआरएनएमा भएको धाँधलीका विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले गरेको अध्ययन प्रतिवेदन पनि तयार भइसकेको छ । 

सीआईबीले बद्री केसीलाई क्लिन चिट दिन अस्वीकार गरेकोसम्बन्धी रिपोर्ट सम्बन्धित मन्त्रालयमा पुगिसकेको छ । सबै विषयको अध्ययनपछि सरकारले निर्णय दिने बताएको र त्यसमा आफूहरूलाई न्याय मिल्ने शर्माले बताए । सरकारले निर्णय लिन ढिला गर्दा आफूहरूलाई काम गर्न कतिपय समस्या रहेको भन्दै उनले भने, ‘हामीहरूलाई कामहरू गर्न ढिला भइसक्यो । नागरिकताका विषय सम्बोधन गराउन ढिलाइ भएको छ ।’ शर्माले संस्था एकताबद्ध बनाउनु आजको आवश्यकता भएको भन्दै त्यो आफूहरूबाट सम्भव भएको बताए । 

तर, बद्री केसीले  पदको दुरुपयोग गर्नुका साथै अफिससमेत गैरकानुनी रूपमा हडपेको उनको भनाइ छ ।  उनका अनुसार आईसीसीको बैठकमा सामाजिक सुरक्षा कोषको विषय, रुस–युक्रेन युद्धको विषयदेखि वैदेशिक रोजगारीका क्रममा नेपाली श्रमिकले भोगेका समस्यालगायतका  समग्र  विषयमा छलफल हुनेछ  । उक्त छलफलमा निस्केका निचोडका आधारमा काम कामकाबारही अघि बढाइने उनको भनाइ छ । 

सल्लाहकार, मानार्थ सदस्य, आईसीसी सदस्यदेखि विभिन्न टास्कफोर्सहरु बनाएर संस्थालाई गति दिने पनि उनको भनाइ छ ।  विज्ञहरुको समिति बनाएर गैरवासीय नेपाली र मातृभूमिको हितका साथ काम गर्न आफूहरु अग्रसर हुने शर्माले बताए । यस्तै आईसीसी बैठकबाट प्रवक्ताको नियुक्ति समेत हुने बताइएको छ ।  संघका महासचिव बुद्धिसागर सुवेदीका अनुसार बैठकका लागि विभिन्न एजेन्डा तय भइसकेको छ । 

भेरो भोट्रिङमा भएको अनियमित, परराष्ट्रसँगको सम्बन्ध र सीआईबीको रिपोर्टसम्बन्धी छलफलको एजेन्डा तय गरिएको छ ।  यस्तै हालसम्म भएका कामहरूको समीक्षा,  आईसीसी सदस्य, एनसीसी र पञ्जीकृत सदस्यहरूसँगको समन्वय र जिम्मेवारीका साथै गैरआवासीय नेपाली नागरिकता लिन भएको कठिनाइ सम्बन्धमा पनि छलफल गर्ने गरी एजेन्डा तय गरिएको छ ।  यस्तै नेपालमा लगानी गर्ने सम्बन्धमा, श्रमिक तथा प्रवासी नेपालीहरूको समस्याका सम्बन्धमा, पूर्ति गर्नु पर्ने पद, पदाधिकारी एवं सदस्य मनोनयन सम्बन्धमा र  समसामयिक विषयमा छलफल गर्ने गरी एजेन्डा तय गरिएको छ 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal