Skip to content
Prabhu

सिटिजन्स बैंक केही व्यक्ति र संस्थाभन्दा पनि मास बैंकिङको अवधारणामा अघि बढेको छः रोशन मानन्धर (अन्तर्वार्ता)

nabil

देशभर सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये सिटजन्स बैंक पनि एक अग्रणी बैंक हो । देशभर १ सय ९७ वटा शाखा रहेको र १८ लाखभन्दा बढी ग्राहक भएको यो बैंकको चुक्ता पुँजी १४ अर्बभन्दा बढी छ । आम नागरिकसम्म पुगेर बैंकिङ सेवा विस्तार गर्ने योजनामा रहेको बैंकका आगामी योजना, डिजिटल पेमेन्टमा देखिने समस्याहरूलाई कसरी समाधान गर्न सकिएला भन्ने विषयमा बैंकका प्रमुख मास बैंकिङ अधिकृत रोसन मानन्धरसँग लगानी न्युजका महेन्द्र शाहीले गरेको कुराकानीको सम्पादित अंश :

पछिल्लो समय सिटिजन्स बैंकको डिपोजिटको अवस्था के कस्तो छ ?

बैंकको डिपोजिटको अवस्था हेर्दा बजारमा अधिक तरलताको अवस्था नै रहेको छ । अधिक तरलता हुनुमा अहिले लोनको माग नबढ्नु र रेमिट्यान्स पनि धेरै भित्रिएका कारणले पनि यस्तो भएको छ । जसले बैंकहरूमा तरलता थुप्रियकै अवस्था देखिन्छ । तर, अधिक तरलता भए पनि बैंकहरूले आफ्ना निक्षेप ग्राहकहरूलाई धेरै तल ब्याज दिँदा खेरी निरुत्साहित हुने कारणले गर्दा बचत निक्षेपमै हामीले बढी ध्यान दिइरहेको अवस्था हो ।

केही समय अघिसम्म बैंकहरूमा ऋण प्रवाह गर्न सक्ने अवस्था छैन भनिएको थियो । तर, अहिले अधिक तरताको अवस्था कसरी सिर्जना भयो ?

यो अवस्था आउनुमा एउटा मात्रै कारण छैन । यसमा दुई÷तीनवटा कारणले गर्दा यो अवस्था आएको जस्तो मलाई लाग्छ । पहिलो कुरा त कोभिडपछि राष्ट्र बैंककै अगुवाइमा बैंकहरूले डिजिटल भुक्तानीको माध्याम अघि बढ्यो । जसले गर्दा अहिले धेरै ठाउँमा डिजिटल भुक्तानी हुने गरेको छ । पहिले धेरै ठूलो रकम नगदका रूपमा बैंकबाट प्रवाह हुन्थ्यो भने अहिले डिजिटल रूपमा हुन्छ ।

डिजिटल रूपमा हुँदा बैंकिङ प्रणालीमा नै रकम रहेन कारण पनि बैंकहरूमा तरलता बढेको हो । पहिला नगदकारोबार गर्दा बैंकिङ च्यानलमा नआउने कारणले पनि यस्तो भएको हो । डिजिटल भुक्तानीले गर्दा सबै कारोबाहरू अहिले बैंकिङ सिस्टमा आएको अवस्था छ । यसले पनि तरलता बढाउनमा ठूलो भूमिका खेलेको छ ।

अर्को भनेको रेमिट्यान्स बढी रहेको छ । विदेशबाट आएको सबै पैसा खर्च पनि हुँदैन । पहिले जस्तो सबै निकालेर घरमा राख्ने पनि होइन । आवश्य परेको रकम निकालेर बाँकी बैंकमा नै जम्मा हुन्छ । यसले पनि बैंकमा तरलता बढ्नमा सहयोग गरेको हो । तेस्रो कुरा भनेको पहिला जुन रूपमा लोनको वृद्धि हुन्थ्यो त्यसमा पनि अहिले कमी आइरहेको छ । पहिले वर्षपछि लोनको रकम बढ्ने कुरा देखिन्थ्यो । अहिले त्यस्तो कुरामा पनि कमी आएको छ । यसले पनि तरलता बढ्नमा सहयोग गरेको हो कि जस्तो लाग्छ ।

यहाँले सिटिजन्स बैंकमा डिपोजिटको पाटो हेर्नुहुन्छ । तर, अहिले पनि गाउँमा बैंक पुगेर रकम बैंकमा पुगेको त छ तर त्यहाँबाट ल्याउने र घरमा राख्ने गरेको पनि देखिन्छ । यसलाई बैंकिङ च्यानलमा ल्याउनका लागि तपाईंको बैंकले कस्ता योजना बनाएका छ ?

एदाकता यस्तो पनि छ । अहिले सबै ७५३ वटै पालिकामा बैंकका शाखाहरू पुगेको अवस्था पनि छ । जसले केही हदसम यो समस्या समाधान पनि भएको अवस्था छ । तर, अझै पनि नगदमा कारोबार गर्ने व्यक्तिहरूले यस्तो गरिरहेका छन् । स्थानीय तहमा गएका बैंकहरूले यो विषयमा बचतकर्तालाई बुझाउनुपर्ने अवस्था पनि छ ।

गाउँमा व्यापार व्यवसाय गर्नेहरूका लागि पनि बैंकहरूले सहज बनानका लागि काम गर्नुपर्छ । धेरै ठाउँमा क्युआर लगायतका डिजिटल भुक्तानीमा अव्यस्त हुने क्रम पनि बढेको छ । त्यसले गर्दा भविष्यमा पनि डिजिटल कारोबारलाई बढी प्राथमिकता दिएर गाउँघरमा पनि क्यासलेस अर्थतन्त्र निर्माणका बैंकहरूले लाग्नुपर्छ र हामीले पनि त्यही नीति अवलम्बन गरेका छौँ । हामीले सबै शाखालाई यो विषयमा बचतकर्तालाई जानकारी दिनका लागि भनिरहेका छौँ ।

अर्को कुरा व्यवसाय गर्नेहरूलाई पनि क्युआर गर्नका लागि प्रेरित गर्नेतर्फ हामीले काम गरिरहेका छौँ । सिधै खातामा जाँदाखेरि आफैंसँग राखिएको नगदबाट हुने जोखिम पनि कम हुने भएकाले यस विषयलाई प्रभावकारी बनाउने काममा सिटिजन्स बैंक लागिरहेको छ । हामीले नै सुनेको कुरा भत्ता लगातको रकम बैंकमा आउनेबित्तिकै निकालिएन भने सरकारले नै लैजान्छ भन्ने गरिएको थियो । जसले गर्दा लाइनमा बसेर रकम निकाल्ने काम हुने गरेको छ । यसलाई कम गर्नका लागि सिटिजन्स बैंकका शाखाहरूलाई हामीले के निर्देशन दिएका छौँ भने यो विषयमा ग्राहकलाई सम्झाइ बुझाइ गर्नुपर्छ भनेका छौँ । हामीले बैंकमा आउने ग्राहकलाई बैंकमा पैसा राखेमा सुरक्षित हुनुका साथै ब्याज पनि आउँछ भनेर बुझाउने गरेका छौँ ।

आम बचतकर्तालाई विश्वसनियता बढाउनका लागि बैंकले विभिन्न कार्यक्रमहरू पनि गर्ने गरेको छ । बैंकिङ शिक्षा दिनका लागि पनि कर्मचारीलाई भनिरहका छौँ । हामीले ननिकाल्दा पनि सुरक्षित रहन्छ भन्ने विषयमा हामीले सचेतना प्रदान गर्ने कामसमेत गरिरहेको अवस्था छ ।

बैंकहरूले धेरै नाफा कमाए भन्ने पनि छ के साच्चिकै बैंकहरूको धेरै नै नाफा कमाएकै हुन त ?

मलाई बैंकहरूले धेरै नै नाफा कमाए भन्ने लाग्दैन । बैंकहरूले पनि जुन रूपमा लगानी गरेको छ । जुन बैंकको क्यापिटल छ त्यसको हिसावले बैंकले धेरै नै नाफा कमाएका छैनन् । अहिले पनि बैंकहरूको औसतमा ४÷५ प्रतिशत रिटन छ । गत वर्ष पनि ५/६ प्रतिशत रहेको थियो । यसले गर्दा रिटनको हिसाबले हेर्दा बैंकहरूले एकदमै धेरै नाफा गरेको जस्तो देखिँदैन । व्यापारीहरूलाई जुन धेरै लियो भन्ने कुरा छ त्यसमा पनि अहिले बैंकको बेस रेट हुन्छ त्यसैमा ग्राहकहरूलाई कर्जाको ब्याज लगाउँछन् । त्यसमा बैंकले धेरै लगेको कुरामा सत्यता छैन ।

राष्ट्र बैंकले पनि बैंकहरूलाई एउटा स्प्रेष्ट दर तोकिदिएको छ । पहिलो ४.४ प्रतिशत थियो भने अहिले ४ प्रतिशतभन्दा बढी स्प्रेष्ट लिन पाइँदैन । त्यो दर पनि धेरै बैंकहरूले पु¥याउन सकेको अवस्था छैन । यो अवस्थामा बैंकहरूले एकदम धेरै नाफा कमाए भन्ने कुरा उचित होइन । कहरूको क्यापिटल नै ठूलो छ । सिटिजन्स बैंकको कुरा गर्दा १४ अर्ब रुपैयाँको क्यापिटल रहेको छ । क्यापिटल पनि धेरै भएकाले प्रतिशतमा कम देखिए पनि नाफा अर्बमा नै हुन्छ । बैंकहरूको नाफा अर्बभन्दा माथि नै हुने भएकाले बैंकहरू बढी नाफा मुखि भए भन्ने प्रचार भएको हो । रकमभन्दा पनि बैंकले दिने रिर्टनको आधारमा विश्लेषण गर्दा बैंकको नाफा धेरै हो भन्ने अवस्था देखिँदैन ।

डिजिटल भुक्तानी महँगो भएको कुरा पनि आइरहेको छ । १ रुपैयाँ पठाउँदा ११ रूपैयाँ ३० पैसा थप शुल्क तिर्नुपर्ने भन्ने कुरा पनि छ । यसलाई कसरी हेर्नु हुन्छ ?

यस्तो कुराले डिजिटल भुक्तानी निरुत्साहित भएको जस्तो मलाई लाग्दैन । कमिसनको विषयमा भन्दा यो बजारले पनि निर्धाण गर्ने कुरा भयो । प्रतिपस्र्धा बढ्दै जाँदा यो समय सापेक्ष रूपमा परिमार्जन हुँदै जाने हुन्छ । घट्दै पनि आउला । क्यास नै निकाल्दा पनि ओहोरदोहोर गर्दा पनि त समयको खर्च हुन्छ । सवारी साधान चलाएर जाँदा इन्धन खर्च हुन्छ ।

अहिले नै यो चार्ज धेरै भयो भन्ने जस्तो मलाइ लाग्दैन । मेरो विचारमा यस्ता विषयहरू समयले नै निर्धारण गर्ने कुरा हुन् । बजारले नै डिमाण्ड र सप्लाइको आधारमा चार्ज निर्धारण गर्छ जस्तो लाग्छ । तर, यसले गर्दा मानिसमा निराशा छाएको जस्तो मलाइ लाग्दैन ।

सिटिजन्स बैंकको डिपोजिट बढाउने योजनाहरू के–के छन् र त्यसमा कसरी काम गरिरहनु भएको छ ?

सिटिजन्स बैंकको डिपोजिट बढाउने योजनामा दुइटा योजनामा काम गरिरहेका छौँ । एउटा त हामीसँग पहिले देखिनै खाता खोलिसकेका ग्राहकहरूलाई अझ गुणस्तरीय सेवा सुविधा प्रदान गर्ने योजना हाम्रा छ । पहिले नै खाता खोलेका हाम्रा ग्राहकहरू १८ लाखभन्दा बढी हुनुहुन्छ । उहाँहरूलाई राम्रा सेवा दिएर खुसी बनाएर बैंकको सेवा प्रयोग गर्न अभिप्रेरित गरेर हामी व्यवसाय विस्तार गर्ने योजनामा रहेका छौँ ।

अर्को भनेको हाम्रा १९७ वटा शाखा छन् । र, त्यहाँबाट प्रत्येक दिन नयाँ–नयाँ ग्राहकलाई भित्र्याएर बैंकको प्रत्येक सेवाहरू दिने योजनामा हामी छौँ । जसले बिजनेस बढाउनमा सहयोग पुग्छ । बैंकले केही सीमित व्यक्त तथा संस्थाहरूबाट भन्दा पनि मास बैंकिङमा जाने योजनामा रहेका छौँ । धेरैभन्दा धेरै नागरिकमा पुग्ने योजनाका साथ अघि बढिरहेका छौँ ।

पछिल्लो समय बैंकहरूविरुद्ध विभिन्न किसिमका आरोपहरू पनि लागे । यस्ता किसिमका क्रियाकलापले डिपोजिटमा कस्तो प्रभाव पार्‍यो ?

बैंक भनेको आफैंमा एउटा विश्वनिय संस्था हो । बैंक आफैंमा सुरक्षित स्थान हो । बैंकमा पैसा राख्ने भनेको सुरक्षित हुन्छ भन्ने हो । र, बैंकमा आम नगरिकको पैसा सुरक्षित पनि रहेको छ । पैसाले ब्याज पनि आर्जन गर्छ । तर, पछिल्लो समय बैंकका विरुद्धमा विभिन्न किसिमका कामहरू पनि भए ।

यस्ता घटनाहरूले बचतकर्ता आत्तिनुपर्ने अवस्था छैन र आत्तिनु पनि पर्दैन । बैंकमा रकम जम्मा भइसकेपछि त्यसको संरक्षण गर्ने जिम्मा बैंकको पनि हुन्छ । बेलाबेलामा बैंकका कर्मचारीहरू तथा अन्य बाहिरका व्यक्तिहरूबाट हुने घटनाले बैंकलाई अझै सिस्टममा चल्नुपर्छ भन्ने शिक्षा दिन्छ । जसले बैंकिङ क्षेत्र थप बलियो हुन्छ । यस्ता घटनाक्रमले बैंकहरूलाई अझ परिपक्क बनाउनमा सहयोग गरेको छ ।

निक्षेपकर्ताहरू डराउनेभन्दा पनि आफूले राखेको पैसाको विषयमा चनाखो भएर जानकारी लिनुपर्ने आवश्यकता देखिन्छ । आफ्नो पैसाको विवरण जानकारी लिनुपर्छ । अहिले सबैको हातहातमा मोबाइल छ । हाम्रो मोबाइल बैंकिङ एकदमै सुरक्षित पनि छ । खाताहरूको लिङ गरेर खाता आफैंले जाँच गर्न सकिन्छ । प्रविधिमा पनि अव्यस्त हुनुपर्ने देखिन्छ । हल्लाको पछि नलागेर आफ्नो बचतको विषयमा हाफै जानकार हुनुपर्ने हुन्छ ।

युवा पुस्ता त प्रविधिमा अव्यस्त नै रहेको अवस्था छ । तर, ज्येष्ठ नागरिकहरू प्रविधिमा अव्यस्त हुन नसकेको अवस्थमा उहाँहरूलाई कसरी यो विषयमा बुझाउन सकिएला ?

हामीले मोबाइल बैंकिङमा ट्रान्जेक्सन गर्न सकिने र अर्को हेर्न मात्रै मिल्ने गरी मोबाइल बैंकिङ सुविधा दिन्छौँ । युवा पुस्ताका लागि त यो समस्या भएन । तर, ज्येष्ठ नागरिक जसले ट्रान्जेक्सन गर्न हुन्छ भने उहाँले आफ्नो रकम मात्रै गर्न मिल्ने गरी पनि लिन सक्नुहुन्छ । यो अप्सन राखेर हेरियो भने मोबाइल बैंकिङबाट अरुले रकम पठाउन पनि नसक्ने र आफूले हर्न पनि मिल्ने भयो ।

बैंकमा खाता खोल्दा बैंकका कर्मचारीसँग आफ्ना कुराहरू खलस्त रूपमा राखेको खण्डमा कर्मचारीले नै त्यो कुरा बनाइदिनुहुन्छ । यदि यस्तो छैन भने बनाइदिने र छ भने हेर्न मिल्ने मात्रै राखिदिने काम गर्छौं । यसरी पनि मोबाइल बैंकिङको फाइदा लिन सकिन्छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal