Skip to content
Prabhu

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकार उद्वार कोषमा ५१ लाख सहयोग

nabil

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेको छ । सामाजिक उत्तर दायित्व अन्तर्गत कम्पनीले सो रकम सरकारी कोषमा जम्मा गरेको हो ।

असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षाको कारण राजधानी काठमाडौंसहित मध्य तथा पूर्वी नेपालमा गएको भिषण बाढी पहिरोमा ठूलो धनजनको क्षति भएको थियो । उक्त क्षतिको राहत तथा पुननिर्माणमा सहयोग गर्न कम्पनीले ५१ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ । सहयोग प्रधानमन्त्री केपी शर्मा ओलीलाई कम्पनीका अध्यक्ष सुरेशलाल श्रेष्ठले ५१ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन ।

बाढी पहिरोले ठूलो मात्रामा जनधनको क्षती भएको र विषम परिस्थितिमा प्रभावित जनसमुदायलाई सहयोग गर्न कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा आर्थिक सहयोग स्वरुप ५१ लाख प्रदान गरेको कम्पनीले जनाएको छ । बीमा क्षेत्रबाट सबैभन्दा धेरै ५१ लाख रुपैयाँ सहयोग गरेर सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले उदाहरणीय कार्य गरेको हो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal