Skip to content

अध्यक्ष ढकालद्वारा नेपालमा लगानी गर्न अमेरिकी व्यवसायीलाई आग्रह, लगानी सहजीकरणमा महासंघले सघाउने

nabil bank

काठमाडौं । पछिल्लो तीन दशकमा भएको बजार वृद्धि, भारत लगायत विकसित मुलुकमा प्राप्त भन्साररहीत पहुँच एवं ऊर्जा खरिद बिक्रि सम्झौतालगायतका कारण नेपाल विदेशी लगानीकर्ताका लागि आकर्षक गन्तव्य वन्ने नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बताएका छन् ।

अमेरिकाको वासिंगटनमा यूएस चेम्बर अफ कमर्शले आयोजना गरेको कार्यक्रममा नेपाली र विदेशी बजार समेतलाई हेरेर नेपालमा लगानी गर्न अध्यक्ष ढकालले आग्रह गरेका हुन् ।

उनल नेपालमा उत्पादन गरि यहाँको बजारसँगै विश्व बजारमा बिक्रि गर्न सकिने सम्भावना तर्पm लगानीकर्ताको ध्यानाकर्षण गराए । यसैगरि भारतसंग भएको दश हजार मेगावाट बिजुली खरिद सम्झौता र हालै बंगलादेशसँगको समझदारीले जलविद्युतमा अपार सम्भावना देखिएको जानकारी पनि अमेरिकी लगानीकर्ताहरुलाई दिए ।

नेपालमो प्रकृति र संस्कृतिको मिश्रणले पर्यटकहरुलाई आकर्षित गर्ने बताउँदै पर्यटन पुर्वाधारमा लगानी गर्न पनि अध्यक्ष ढकालले आव्हान गरे ।

संसारको सबैभन्दा बढी जनसंख्या रहेको भारतीय सिमाबाट औसत दुइ घण्टाको दुरीमा शीतल र स्वस्थ वातावरण सहितको हिलस्टेसन बिकास गर्न सकिने सम्भावना उनले लगानीकर्ताहरुलाई देखाए । लगानी सहजीकरणका लागि महासंघले एफडीआई हेल्प डेस्क स्थापना गरेको जानकारी दिंदै अध्यक्ष ढकालले आवश्यक सहजीकरण गर्नेबारे लगानीकर्तालाई आश्वस्त पारे । महासंघले एफडिआइ हेल्पडेस्क मार्पmत सहजीकरण गरिरहेको छ ।

नेपालमा पर्याप्त विदेशी मुद्राको संचिति रहेको वताउँदै अध्यक्ष ढकालले लगानीको जोखिम न्युन हुँदै गएको बताए । साथै सरकारले कानुन सुधार र द्विपक्षीय लगानी सम्झौताको खाका तयार पारेको पनि उनले जानकारी गराए । अध्यक्ष ढकाल विश्व बैंकको बार्षिक वैठकमा सहभागि हुने क्रममा वासिंगटनमा रहेका छन् । यसअघि उनले अन्तराष्टिय वित्त निगमका उच्च अधिकारीहरुसंग पनि भेटघाट गरेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime