Skip to content

लगानी स्कुलले हात्तिसारमा सफलताका साथ सेयर तालिम सम्पन गर्यो

nabil bank
लगानी स्कुलले सफलताका साथ दुई दिने आधारभूत शेयर तालिम सम्पन गरेको छ। उक्त तालिम फाल्गुन २४ र २५ गते हात्तिसार काठमाडौँमा संचालन गरिएको थियो। तालिम नवप्रवेशीलाई लक्षित गरी तयार गरिएको आयोजक लगानी स्कुलले जानकारी दिएको छ। शेयर बजारको बारेमा केहि सिकेर लगानी गर्न चाहने लगानीकर्ताहरुलाइ लक्षित गरि सो कार्यक्रम आयोजना गरिएको हो। लगानीकर्ताहरुले शेयर बजारको बारेमा ज्ञान हासिल गरेर लगानी गर्ने बानी  बसालून भन्ने स्कुलको मुल उदेश्य हो। सो तालिममा नयाँ लगानीकर्ताहरुको निकै राम्रो उपस्थिति थियो। सो तालिम आफूहरुका लागि निकै नै उपयोगी भएको र शेयर बजारका बारेमा धेरै ज्ञान हाँसिल गरेको लगानीकर्ताहरुले बताएका थिए । 
त्यस्तै लगानी स्कुलको आयोजनामा चैत्र २ गते बुटवलमा १ दिने आधारभूत सेयर तालिम संचालन हुँदैछ। उक्त तालिममा सहभागी हुन चाहने लगानीकर्ताहरुले लगानी स्कुलको फेसबुक पेजमा म्यासेज पठाएर अथवा मोबाइल नम्बर ९८५११८६१७० मा सम्पर्क गरि आफ्नो नाम टिपाउन सक्नेछ्न।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi