काठमाडौं । व्यवसायी पशुपति मुरारकाले विद्युत प्राधिकरणले विद्युत महसुलको विल दिएका रकम तिर्न व्यवसायीहरु तयाररहेको बताएका छन् । विद्युत महसुलको विषय पेचिलो भइरहेको अवस्थामा व्यवसायीहरुले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
लाल आयोेगको प्रतिवेदनमा पनि प्रमाण पेस गर्न भनेको भन्दै प्रमाण पेस गरेको खण्डमा विद्युत महसुल भुक्तानी गर्न आफूहरु तयार रहेको उनको भनाइ छ । अनावश्यक लान्छना लगाएर दुःख दिएको अवस्थामा महशुल बुझाउन नसकिने उनले बताए । ‘प्रमाण बीमा कसरी विद्युत महसुल तिर्न सकिन्छ । बिना प्रमाण कसरी तिर्ने,’ उनेले भने, ‘राज्यले पनि व्यवसायीहरुलाई दुःख दिइरहेको छ ।’
व्यवसायी आन्दोलन गर्ने मनस्थितिमा नरहेको उनले बताए । प्राधिकरणले पठाएको बिलको पैसा भुक्तानी नगर्ने उनले बताए । ‘कुन समयमा कति विद्युत प्रयोग गरेकाके त्यसको प्रमाण दिएको खण्डमा हामीले पैसा तिछौँ,’ उनले भने । कानुन भन्दा माथि कोही नभएको भन्दै कानुनको पालना सबैले गर्नु पर्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्