Skip to content

प्राधिकरणसँग ट्रंकलाइन र डेडिकेटेड प्रयोग गरेको प्रमाण भएमा जेल हाल्न उद्योगी पशुपति मुरारकाको चुनौती

nabil
global ime

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले विद्युत् प्राधिकरणसँग ट्रंकलाइन र डेडिकेटेड फिडर प्रयोग गरेको भए जेल हाल्न चुनौती दिएका छन् ।

प्राधिकरणसँग उद्योगले ट्रंकलाइन र डेडिकेटेडको विजुली चाहियो भनेर निवेदन समेत नदिएको तथा यसको लागि सम्झौता समेत नगरेको हुँदा प्राधिकरणले हामीलाई चोरी मुद्दा दर्ता गरे हुन्छ । अर्घाखाँची सिमेन्टका अध्यक्ष समेत रहेका मुरारकाले माग नै नगरेको विजुली उद्योगले प्रयोग गरेको भए किस्ताबन्दी सुविधा नभएर मुद्दा दर्ता गर्न प्राधिकरणलाई चुनौती दिए ।

‘हामीले माग नगरेको विजुली सम्झौता नगरेर प्रयोग गरेको प्रमाण भएमा किस्तामा सुविधा होइन,चोरी मुद्दा दर्ता गर्दा हुन्छ,’मुरारकाले भने,‘प्रमाण भएपछि प्राधिकरणले किस्ताको सुविधा नै दिनुपर्दैन।’

उनले प्राधिकरणको नाफा देखाउनको लागि जबरजस्ती उद्योगीले विजुलीको महशुल नै नतिरेको जस्तो भाष्य बनाइएको भन्दै विरोध गरे ।

‘लोडसेडिङ हटाएकोमा सबैभन्दा राम्रो काम गरेकोमा म आफू महासंघ अध्यक्ष हुँदा कुलमानलाई सम्मान गरेको हो,’ उनले भने,‘राम्रो काम गरेको कुलमानजीले हामीलाई प्रयोग गरेको विजुलीको प्रमाण दिनु भनेकोमा त्यो समेत नदिएर राजनीति गर्ने मात्र गर्ने काम भयो।’

उद्योगी मुरारकाले राज्यको निकाय प्राधिकरणको रवैवाले उद्योगी व्यवसायीलाई थप लगानी गर्ने वा नगर्ने भन्नेमा सोच्नुपर्ने बाध्यता आएको बताए ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima