Skip to content

डेडिकेटेड र ट्रंकलाइन विवादः सर्वोत्तम सिमेन्टले बक्यौता रकमको पहिलो किस्ता बुझायो

nabil
global ime

काठमाडौं । ट्रंकलाइन र डेडिकेटेड विवादमा बक्यौता रकम बढी रहेको एउटा उद्योग सर्वोत्तम सिमेन्टले पहिलो किस्ता बुझाएको छ ।

आइतबार उद्योग प्राधिकरणबाट पीडित उद्योगीहरुले आयोजना गरेको पत्रकार सम्मेलनमा उपस्थिति भएका उद्योगी बिष्णु न्यौपानेको सर्वोत्तम सिमेन्टले पहिलो किस्ता वापतको रकम बुझाएको हो ।

पहिलो किस्ताको रकम बुझाएपछि सर्वोत्तममा काटिएको लाइन जोडिएको प्राधिकरण स्रोतले जनाएको छ । प्राधिकरणका अनुसार सर्वोत्तम सिमेन्टको बक्यौता १० करोड हाराहारीमा रहेको छ ।

सर्वोत्तमले २८ किस्ता गरेर पैसा बुझाउने निवेदन दिएको र पहिलो किस्ता करिब ३७ लाख बुझाएपछि लाइन जोडिएको प्राधिकरण स्रोतले जानकारी दियो ।

प्राधिकरणका अनुसार ट्रंकलाइन र डेडिकेटेड विवादमा महशुल बुझाउनेमा ठूला उद्योगमा सर्वोत्तम सिमेन्ट पहिलो हो ।

बिष्णु न्यौपाने निकट स्रोतले भने प्राधिकरणले सर्वोत्तम सिमेन्टसँग नाममा रहेको १० करोड बक्यौतामा ५ करोड मिनाह गरेको हुँदा बाँकी बक्यौता किस्तामा तिर्ने निर्णय लिएको जानकारी दियो ।

“सर्वोत्तम सिमेन्टमा ५ करोड प्राधिकरणले पुरानो विवादको रकम मिनाह गर्ने भएपछि सर्वोत्तम सिमेन्टले बक्यौता रकम किस्तामा बुझाउने निर्णय गरेको हो,”न्यौपाने निकट स्रोतले भन्यो,“लक्ष्मी स्टिलको भने बक्यौता रकम उहाँले तिर्नु हुने छैन।”

सवोत्तम सिमेन्टले सर्वसाधारणलाई साधारण सेयर समेत जारी गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केही सिमित उद्योगीको कारण मात्र यो समस्या समाधान नभएको बताएका छन् ।

आइतबार आयोजना भएको पत्रकार सम्मेलनमा उद्योगी व्यवसायीले प्रमाण नदिएर नै प्राधिकरणले आफ्नो नाफा बढाउनको लागि उद्योगहरुमा जबरजस्ती गरेको आरोप लगाएका थिए ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima