Skip to content

१७औँ गोदावरी पुष्प मेलामा १ करोड १८ लाखको कारोबार

फ्लोरा एक्स्पोमा राखिएका फूलको अवलोकन गर्दै सर्वसाधरण काठमाडौँ, ९ कात्तिकः नर्सरी व्यवसायी सङ्घ नेपालले आजदेखि काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरेको ‘दोस्रो तिहार फ्लोरा एक्स्पो, २०८१’ स्टलमा राखिएका फूलहरुको अवलोकन गर्दै सर्वसाधरण । तस्बिरः हरिराम भेटुवाल÷रासस

ललितपुर । जावलाखेल मैदानमा आयोजित गोदावरी पुष्प मेला आइतबार सम्पन्न भएको छ । चार दिन चलेको मेलामा ४३ हजार ६ सय जनाले अवलोकन गरेका थिए भने रु. १ करोड १८ लाखको कारोबार भएको फ्लोरिकल्चर एसोसिएसन नेपालका पूर्वअध्यक्ष मीनबहादुर तामाङले जानकारी दिए।

तामाङका अनुसार मेलामा पुष्प जातीय विकास र गुणस्तरीय उत्पादन प्रबर्द्धन गर्ने उद्देश्यले पुष्प व्यवसाय प्रदर्शनी गरिएको थियो । मेलाको पहिलो दिनमा रु. २५ लाख, दोस्रो दिनमा रु २५ लाख, तेस्रो दिनमा रु. ५० लाख र अन्तिम दिनमा रु. २८ लाखको कारोबार भएको थियो ।

अर्घाखाँची सिमेन्ट
Hyundai

यस वर्षको मेलामा बहुवर्षे फूल र इन हाउस ग्रिन प्लान्टप्रति अवलोकनकर्ता बढी आकर्षित देखिएका छन् । मेलामा ७५ वटा प्रदर्शनी कक्ष, ६८ व्यावसायिक स्टल, दुई प्रतियोगितात्मक स्टल, चार अफिसियल स्टल र एक सेल्फी स्टल आयोजकले जनाएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्