काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ भने युरोको मूल्य बढ्दा पाउण्डको मूल्य भने केही घटेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर अघिल्लो दिनकै मूल्यमा सटही भइरहेको छ भने पाउण्डको मूल्य सामान्य घट्दा युरोको बढेको हो ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ २३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ८३ पैसा कायम भएको छ । अघिल्लो दिन पनि सोही मूल्यमा डलरको सटही भएको थियो । त्यस्तै युरोपियन युरोको विनिमयदर आज बढेको छ । आज एक युरोको खरिददर १४५ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४६ रुपैयाँ ०४ पैसा कायम भएको छ । अघिल्लो दिन एक युरोको १४४ रुपैयाँ ९३ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५८ पैसा रहेको थियो ।
त्यस्तै आज युके पाउण्ड स्टर्लिङ एकको खरिददर १७४ रुपैयाँ १२ पैसा र बिक्रीदर १७४ रुपैयाँ ८९ पैसा कायम भएको छ । अघिल्लो दिन पाउण्ड एकको खरिददर १७४ रुपैयाँ २५ र बिक्रीदर १७५ रुपैयाँ ०३ पैसा रहेको थियो । आज स्वीस फ्रयाङ्क एकको खरिददर १५४ रुपैयाँ ७८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ४७ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ३० पैसा र बिक्रीदर ८८ रुपैयाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ४० पैसा र बिक्रीदर ९६ रुपैयाँ ८३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०१ रुपैयाँ ९० पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर ८ रुपैयाँ ७८ पैसा र बिक्रीदर ८ रुपैयाँ ८२ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर ३ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ६५ पैसा र बिक्रीदर ३० रुपैयाँ ७९ पैसा, दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९ रुपैयाँ ७९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १२ रुपैयाँ ६४ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ४९ पैसा र बिक्रीदर १९ रुपैयाँ ५७ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २७ पैसा र बिक्रीदर १७ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर ४३७ रुपैयाँ ८३ पैसा र बिक्रीदर ४३९ रुपैयाँ ७९ पैसा, बहराइन दिनार एकको खरिददर ३५६ रुपैयाँ र बिक्रीदर ३५७ रुपैयाँ ५९ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।
प्रतिक्रिया दिनुहोस्