Skip to content
Prabhu

आइपिएलमा करोडौ मूल्यमा खेलाडी रिटेन, कुन खेलाडीले कति करोड पाए ?

nabil
एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)मा खेलाडी रिटेन्सन सूची सार्वजनिक भइसकेको छ । चेन्नई सुपर किंग्सले महेन्द्र सिंह धोनी, मुम्बई इन्डियन्सले रोहित शर्मा र रोयल च्यालेन्जर्स बैंगलोरले विराट कोहलीलाई रिटेन गरेका छन् । यसबाहेक, विभिन्न टोलीहरूले धेरै खेलाडीहरूलाई पनि रिटेन गरेका छन्।
महत्त्वपूर्ण खेलाडीहरूको रिटेन्सन
सनराइजर्स हैदराबादले २३ करोड भारुमा हेनरिक क्लासेनलाई रिटेन गरेको छ भने चेन्नई सुपर किंग्सले महेन्द्र सिंह धोनीलाई मात्र ४ करोड रुपैयाँमा रिटेन गरेको छ । रोयल च्यालेन्जर्स बैंगलोरले विराट कोहलीलाई २१ करोड  भारुमा र मुम्बई इन्डियन्सले रोहित शर्मालाई १६.३० करोड भारतीय रुपैयाँमा रिटेन गरेको छ । मुम्बईले हार्दिक पाण्ड्या, जसप्रीत बुमराह, सूर्यकुमार यादव र तिलक वर्मालाई पनि रिटेन गरेको छ ।
कुन टोलीले कुन खेलाडीलाई कति रकममा रिटेन ग¥यो
दिल्ली क्यापिटल्सः अक्षर पटेल (१६.५ करोड भारतीय रुपैयाँ), कुलदीप यादव (१३.२५ करोड भारतीय रुपैयाँ ), ट्रिस्टन स्टब्स (१० करोड भारतीय रुपैयाँ ), अभिषेक पोरेल (४ करोड भारतीय रुपैयाँ )
रोयल च्यालेन्जर्स बैंगलोरः विराट कोहली (२१ करोड भारतीय रुपैयाँ ), रजत पाटिदार (११ करोड भारतीय रुपैयाँ ), यश दयाल (५ करोड भारतीय रुपैयाँ )
राजस्थान रोयल्सः संजू सैमसन (१८ करोड भारतीय रुपैयाँ ), यशस्वी जयसवाल (१८ करोड भारतीय रुपैयाँ ), रियान पराग (१४ करोड भारतीय रुपैयाँ ), ध्रुव जुरेल (१४ करोड भारतीय रुपैयाँ ), शिमरोन हेटमायर (११ करोड भारतीय रुपैयाँ ), सन्दीप शर्मा (४ करोड भारतीय रुपैयाँ )
सनराइजर्स हैदराबादः हेनरिक क्लासेन (२३ करोड भारतीय रुपैयाँ ), प्याट कमिन्स (१८ करोड भारतीय रुपैयाँ ), अभिषेक शर्मा (१४ करोड भारतीय रुपैयाँ ), ट्रेविस हेड (१४ करोड भारतीय रुपैयाँ ), नितिश कुमार रेड्डी (६ करोड भारतीय रुपैयाँ )
चेन्नई सुपर किंग्सः ऋतुराज गायकवाड (१८ करोड भारतीय रुपैयाँ ), मथीशा पथिराना (१३ करोड भारतीय रुपैयाँ ), शिवम दुबे (१२ करोड भारतीय रुपैयाँ ), रविन्द्र जडेजा (१८ करोड भारतीय रुपैयाँ ), एमएस धोनी (४ करोड भारतीय रुपैयाँ )
मुम्बई इन्डियन्सः जसप्रीत बुमराह (१८ करोड भारतीय रुपैयाँ ), सूर्यकुमार यादव (१६.३५ करोड भारतीय रुपैयाँ ), हार्दिक पाण्ड्या (१६.३५ करोड भारतीय रुपैयाँ ), रोहित शर्मा (१६.३० करोड भारतीय रुपैयाँ ), तिलक वर्मा (८ करोड भारतीय रुपैयाँ )
कोलकाता नाइटराइडर्सः रिंकु सिंह (१३ करोड भारतीय रुपैयाँ ), वरुण चक्रवर्ती (१२ करोड भारतीय रुपैयाँ ), सुनील नरेन (१२ करोड भारतीय रुपैयाँ ), आन्द्रे रसेल (१२ करोड भारतीय रुपैयाँ )
लखनऊ सुपर जायन्ट्सः निकोलस पूरन (२१ करोड भारतीय रुपैयाँ ), रवि बिश्नोई (११ करोड भारतीय रुपैयाँ ), मयंक यादव (११ करोड भारतीय रुपैयाँ ), मोहसिन खान (४ करोड भारतीय रुपैयाँ ), आयुष बडोनी (४ करोड भारतीय रुपैयाँ )
गुजरात टाइटन्सः राशिद खान (१८ करोड भारतीय रुपैयाँ ), शुभमन गिल (१६.५० करोड भारतीय रुपैयाँ ), साई सुदर्शन (८.५० करोड भारतीय रुपैयाँ ), राहुल तेवतिया (४ करोड भारतीय रुपैयाँ ), शाहरुख खान (४ करोड भारतीय रुपैयाँ )
पन्जाब किंग्सः शशांक सिंह (५.५ करोड भारतीय रुपैयाँ ), प्रभसिमरन सिंह (४ करोड भारतीय रुपैयाँ )
रिटेन्सन सूचीमा नपरेका खेलाडीहरू
सन् २०२५ को रिटेन्सन सूचीमा जोस बटलर, ग्लेन म्याक्सवेल, ऋषभ पन्त, श्रेयस अय्यर, अर्शदीप सिंह, केएल राहुललगायतका खेलाडीहरूको नाम समावेश छैन । मुम्बई इन्डियन्सका इशान किशन र अर्जुन तेंडुलकर पनि आईपीएल २०२५ को लिलामीमा हुनेछन् ।
कोलकाता नाइटराइडर्सले पनि श्रेयस अय्यर, नितिश राणा, सुयश शर्मा, मिशेल स्टार्क र मनीष पाण्डेलाई रिटेन गरेको छैन । अघिल्लो सिजनमा श्रेयस अय्यरले टोलीको कप्तानी गरेका थिए र आईपीएल २०२४ को उपाधि दिलाएका थिए।
त्यस्तै, दिल्ली क्यापिटल्सले पनि आफ्ना केही महत्वपूर्ण खेलाडीहरूलाई रिटेन्सन सूचीमा समावेश गरेको छैन । यस टोलीबाट ऋषभ पन्त, डेविड वार्नर र खÞलील अहमदले आगामी लिलामीमा भाग लिनेछन् । लखनऊ सुपर जायन्ट्सले केएल राहुल, क्विन्टन डि कक, र मार्कस स्टोइनिसलाई लिलामीका लागि राखेको छ र सनराइजर्स हैदराबादले पनि भुवनेश्वर कुमार, वाशिंगटन सुन्दर, र मयंक अग्रवाललाई लिलामीमा समावेश गरेको छ ।
लिलामीमा खेलाडीहरूको सहभागिता
आईपीएलको नियम अनुसार कुनै पनि टोलीले अधिकतम ६ खेलाडीलाई मात्र रिटेन गर्न सक्छ । टोलीसँग आफ्ना सबै खेलाडीलाई रिलिज गर्ने विकल्प पनि हुन्छ, जसमा टोलीले पछि आफूलाई चाहिने खेलाडीलाई पुनः लिलामीमार्फत अलग मूल्यमा किन्न सक्छ ।
आईपीएल लिलामीको इतिहासमा मिचेल स्टार्क सबैभन्दा महँगो खेलाडी बनेका छन्, जसलाई कोलकाता नाइटराइडर्सले २४.७५ करोड भारतीय रुपैयाँमा किनेका थिए । प्याट कमिन्सलाई पनि सनराइजर्स हैदराबादले २०.५० करोड भारतीय रुपैयाँमा किनेका थिए ।
आईपीएल लिलामीको प्रक्रिया
आईपीएल लिलामी एक वार्षिक इभेन्ट हो, जसमा आईपीएलका १० टोलीहरूले आगामी सिजनका लागि खेलाडीहरूको छनौट गर्छन्। भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) द्वारा आयोजना गरिने यस लिलामीमा खेलाडीहरूको छनोट, बोलि, र मूल्यांकनको प्रक्रिया हुन्छ ।
लिलामीमा खेलाडीहरू तीन मुख्य प्रकारका हुन्छन् – क्याप्ड भारतीय खेलाडी, अनक्याप्ड भारतीय खेलाडी, र विदेशी खेलाडी। क्याप्ड खेलाडीहरूले कम्तीमा एक पटक भारतको प्रतिनिधित्व गरेका हुन्छन्, जबकि अनक्याप्ड खेलाडीले अन्तर्राष्ट्रिय स्तरमा कुनै फर्मेटमा देशको प्रतिनिधित्व गरेका हुँदैनन् । सबै न–भारतीय खेलाडी विदेशी खेलाडीका रुपमा गनिन्छन्।
लिलामीको पहिलो दिनमा केही खेलाडीहरूमाथि अत्यधिक बोली लगाइन्छ, जसले गर्दा उनीहरू चर्चाको केन्द्रमा रहने गर्छन् ।
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal