Skip to content
Prabhu

राजविराज यातायात कार्यालयले तीन महिनामा संकलन गर्‍यो २ करोड बढी राजस्व

nabil

सप्तरी । राजविराजस्थित यातायात व्यवस्था सेवा कार्यालयले आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा दुई करोड बढी राजस्व संकलन गरेको छ । सवारीसाधन कर, नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र जारीबाट आव २०८१/८२ को साउनदेखि असोजसम्ममा रु दुई करोड १४ लाख छ हजार एक सय २० राजस्व संकलन भएको कार्यालय प्रमुख कामेश्वर रोहिताले बताए ।

सवारीसाधन करबाट रु एक करोड ३६ लाख पाँच हजार पाँच सय २५, यातायात क्षेत्रको आम्दनीबाट रु ६५ हजार नौ सय १० र सवारी दर्ता किताबापत रु २५ लाख ४३ हजार एक सय ८५ राजस्व संकलन भएको छ ।

सवारी चालक अनुमतिपत्र बापत रु ९१ लाख ९१ हजार पाँच सय राजस्व संकलन भएको छ । विसं २०७९ साउन ३१ गते सेवा प्रारम्भ भएको उक्त कार्यालयबाट आव २०८०÷८१ मा रु १३ करोड ८५ लाख ५८ हजार एक सय ५१ राजस्व संकलन भएको थियो । आव २०७९÷८० मा रु सात करोड ५६ लाख २५ हजार चार सय ७५संकलन भएको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal