Skip to content

बुटवलमा शेयर तालिम


लगानीन्युज/काठमान्डौ: आज पुष ७ गते बुटवल उप-महानगरपालिकामा शेयर तालिम आयोजना भएको छ। लाईन्स क्लब अफ बुटवल सिटि र सफल नेपाल इन्भेस्टमेन्ट कम्पनीको संयुक्त आयोजनामा शेयर तालिम आयोजना भएको हो। सिद्धार्थ कटेजमा आयोजित कार्यक्रममा ६३ जना लगानीकर्ताको सहभागिता थियो। 
कार्यक्रमका प्रमुख अतिथि पुरुस्वोत्तम भक्त प्रधाङ्गनाले आयोजकलाई धन्यवाद दिदै कार्यक्रमको सफलताको कामना र यस प्रकारको तालिम आगामी दिनमापनि निरन्तरताको अपेक्षा राख्नु भयो। 
सफल नेपाल इन्भेस्टमेन्टका अध्यक्ष कमल तिवारी, लाईन्स क्लब अफ बुटवल सिटिका पुर्व अध्यक्ष तथा तालिम संयोजक सुमन केसी, लाईन्स क्लब अफ बुटवल सिटिका अध्यक्ष दिपक श्रेष्ठले सहभागी लगानीकर्तालाई धन्यवाद दिदै आगामी दिनमापनि यस क्षेत्रमा पुँजी बजार विकास तथा विस्तारका लागि आफुहरु निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गर्नु भयो। 
सफल इन्भेस्टमेन्टले यही पुष ९ गते नवलपरासीको बर्दघाटमा शेयर तालिम आयोजना गर्दै  छ।  
तालिममा सन्तोष राज बजगाईले ट्रेनरको भूमिका निर्वाह गर्नु भएको थियो। 
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T