Skip to content

कपिलवस्तुको वाणगंगा नगरपालिकामा पहिलो पटक शेयर तालिम सम्पन्न

nabil
global ime

लगानीन्युज/कपिलवस्तु: सफल नेपाल इन्भेस्टमेन्ट कम्पनीको आयोजनामा कपिलवस्तु जिल्ला स्थित वाणगंगा नगरपालिकामा पहिलो पटक शेयर तालिम आयोजना भएको छ। तालिममा स्थानीय ३३ जना लगानीकर्ताको सहभागिता थियो।  
तालिम संयोजक गोपी राज भुसालका अनुसार शेयर तालिम यस क्षेत्रमा पहिलो पटक आयोजना भएको र यस प्रकारको तालिमले यस क्षेत्रमा शेयर बजारको एउटा माहोल सिर्जना भएको जानकारी दिनु भयो। 

सफल नेपाल इन्भेस्टमेन्ट कम्पनीका प्रबन्ध निर्देशक माधव प्रसाद पाण्डेले प्रदेश नम्बर ५ मा हामीले ५ दिन शेयर तालिम आयोजना गर्ने लक्ष्य राखेकोमा आज कपिलवस्तुमा सम्पन्न  शेयर  तालिमबाट उत्साहित भएको  जानकारी दिनु भयो। 
कार्यक्रमका प्रमुख अतिथि नेपाल पुँजी बजार लगानीकर्ता संघका प्रदेश ५ सह-संयोजक सुर्य पाण्डेले आयोजकलाई धन्यवाद ज्ञापन गर्नु भयो।

आयोजक सफल नेपाल इन्भेस्टमेन्टका अध्यक्ष  कमल तिवारीका अनुसार प्रदेश नम्बर ५ मा शेयर बजार विकास र  विस्तार गर्न आफुहरु लागिपरेको र यसले पक्कै पनि शेयर बजार सम्बन्धी जनचेतना वृद्धि गर्न मदत पुग्ने छ। 
उपत्यका बाहिर  पनि शेयर बजार प्रति चासो दिने क्रम वृद्धि हुँदै छ। लुम्बिनी पार्टी प्यालेसमा आयोजना भएको कार्यक्रममा सन्तोष राज बजगाईले ट्रेनरको भूमिका निर्वाह गर्नु भएको थियो। 
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima