Skip to content

नेपालमा ब्रान्ड विस्तार गर्दै ह्यात होटल्स कर्पोरेसन, गोल्यानको ह्यात रेजेन्सी लुम्बिनीसँग सम्झौता

nabil bank

काठमाडौं । ह्यात होटल्स कर्पोरेसनले नेपालमा आफ्नो ब्राण्ड विस्तारलाई तिब्रता दिन थालेको छ । हयातले गोल्यान ग्रुपको लगानी रहेको वेदा हस्पिटालिटी प्राइभेट लिमिटेडले लुम्बिनीमा सञ्चालनमा ल्याउन लागेको हयात रेजेन्सी लुम्बिनीसँग सम्झौता गरेको छ ।

हयात होटल्स कर्पोरेसनले आफ्नो ब्राण्ड विस्तारलाई प्राथमिकता दिएको हो । यो सम्झौतासँगै ‘ह्यात रेजेन्सी लुम्बिनी’ नेपालमा हयात होटल्स कर्पोरेसनको चौथो ह्यात ब्राण्ड बनेको छ । कुल १७५ कोठा रहेको यो होटल गोल्यान समूहअन्तर्गतको दोस्रो होटलको रूपमा सञ्चालमा रहनेछ । यसअघि काठमाडौँ सोल्टीमोडमा हयात प्यालेस होटेल ह्यातको होटेल चेनसँग आबद्ध रही सञ्चालनमा रहेको छ।

यो सम्झौताले दक्षिणपश्चिम एसियाका लागि ह्यातको विस्तार योजनामा नेपाल महत्वपूर्ण स्थानमा रहेको प्रष्टयाएको हो। हयात रिजेन्सी लुम्बिनी सन् २०२८ सम्ममा पूर्णरुपमा सञ्चालनमा ल्याउने गरी गोल्याण ग्रुपले निर्माण कार्यलाई तिब्रता दिएको छ ।

रूपन्देहीको दानव नदीको मनमोहक किनारमा निर्माणाधीन ‘ह्यात रेजेन्सी लुम्बिनी’ धेरै नै भ्रमण गरिने तीर्थस्थल मायादेवी मन्दिर र अन्य प्रमुख आकर्षणका केन्द्रबिन्दुबाट छोटो दूरीमा अवस्थित छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा तथा बुटवल शहर र नेपाल भारत सीमाको नजिक रहने भएकाले विश्वभरका व्यावसायिक र मनोरञ्जनका यात्रुहरूलाई सहज रुपमा पहुँच पुर्याउनका निम्ति महत्वपूर्ण योगदान गर्ने विश्वास लिइएको छ।

ह्यातका भारत र दक्षिण पश्चिम एशियाका विकासका उपाध्यक्ष ध्रुवा राठौरले भने, ‘लुम्बिनीको प्राचिन सांस्कृतिक र आध्यात्मिक, यसलाई समृद्ध तुल्याउनका निम्ती ह्यातले जमाएको विरासतले विश्वभरका यात्रु लगायत र स्थानीयहरूको लागि पनि एक आकर्षक गन्तव्यको रूपमा रहन्छ । यसले हयातको संसारभरका महानुभाव, ग्राहक र सञ्चालकलाई मनपर्ने गन्तव्य रुपमा हाम्रो ब्रान्डको दायरालाई सोचविचार गर्दै विस्तार गर्ने प्रतिबद्धतालाई पुनः पुष्टि गर्दछ । नेपाल दक्षिण पश्चिम एशिया क्षेत्रमा ह्यातको विकासका लागि बनाइएका रणनीतिहरुमा महत्वपूर्ण भूमिका निर्वाह गर्नका लागि हामी हयात रेजेन्सी ब्रान्डसँग लुम्बिनी प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको आतिथ्य प्रदान गर्न गोल्यान ग्रुपसँग निरन्तर सहकार्यको अपेक्षा गर्दछौँ।’

ह्यात रेजेन्सी होटल एण्ड रिजोर्टस मानव समुदायका भावनालाई एकै साथ प्रोत्साहित गर्ने गरी डिजाइन गरिएका छन् । आगामी दिनमा नेपालमा स्थापित हुने ह्यात ब्राण्डका होटलहरु आधुनिक डिजाइन र परम्परागत नेपाली पनको मिश्रण सहितका हुने गोल्याण ग्रुपको भनाइ छ ।

‘ह्यातसँगको हाम्रो सहकार्यलाई लुम्बिनीमा पहिलो हयात रेजेन्सी ब्रान्डको होटलको उद्घाटन गर्न पाउँदा अत्यन्तै खुशी छौं,’ गोल्यान ग्रुपका व्यवस्थापकीय निर्देशक अक्षय गोल्यान भने, ‘गोल्यान हयात रेजेन्सी लुम्बिनीको हाम्रो रणनीति विश्वस्तरीय गन्तव्य सिर्जना गर्नु हो जसले नेपालको आतिथ्य अनुभवलाई उचाइमा पुर्याउँछ र लुम्बिनीको सांस्कृतिक धरोहरको सम्मान र प्रबर्द्धन गर्दछ । हामी विश्वास गर्छौं कि
यो होटल लुम्बिनी क्षेत्रको एक महत्वपूर्ण चिन्ह बन्नेछ र नेपालको पर्यटन उद्योग विकासमा प्रमुख योगदान गर्नेछ ।’

लुम्बिनीमा विस्तार हुन लागेको ह्यात रिजेन्सी होटलले लुम्बिनी क्षेत्रको सांस्कृतिक धरोहरलाई समर्थन गर्नको लागि ध्यानपूर्वक डिजाइन गरिएको छ । कुल ११ एकड ९८७.५ रोपनी० क्षेत्रफलमा फैलिएको लुम्बिनी ह्यात रिजेन्सीमा १७५ अतिथि कोठाहरू, सुविधाजनक भोजनका विकल्पहरू, कार्यक्रम र बैठक स्थलहरूसमेत अत्याधुनिक फिटनेस केन्द्र, स्वास्थ्य स्पा, बाहिरी पोखरी लगायतका अन्य मनोरञ्जनका सुविधाहरू रहने छन् ।

हयातको वर्तमान पोर्टफोलियोमा भारत र दक्षिण पश्चिम एशियामा ५२ होटलमा समावेश छ, जसमा ५० भारतमा र नेपालमा २ रहेकोमा अन्दाज, अलिला, ह्यात, हायात रिजेन्सी, हायात सेन्ट्रिक, प्लेस पार्क ह्यात लगायतका नौ वटा ब्राण्डहरु छन् ।

ह्यातको विश्वभर ७८ देशमा १३ सय ५० भन्दा बढी होटल छन् भने दक्षिण एसियामा ५ सयभन्दा बढी होटेल रहेका छन्। नेपालमा सबैभन्दा पुरानो हयात रिजेन्सी २४ वर्षअघि खुलेको थियो । दोस्रो होटल हयात मेरियट होटल सञ्चालमा छ भने पछिल्लो छोटो समयमा गोल्याण ग्रुप अन्तर्गत हयात प्यालेसपछि लुम्बिनीमा संचालनमा ल्याउने तयारी अगाडि बढेको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime