Skip to content
Prabhu

दिव्यश्वरी हाईड्रोपावरको नाफा ६९ लाख बढी

nabil

काठमाण्डौं । दिव्यश्वरी हाईड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्ममा ६९ लाख भन्दा बढी नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको पहिलो तीन महिनाको अपरिष्कृत वित्तीय विवरण अनुसार ६९ लाख ८१ हजार नाफा कमाएको हो ।

अघिल्लो आवको पहिलो त्रैमासिकसम्ममा कम्पनी ४ लाख ९५ हजार रुपैयाँ घाटामा रहेको थियो । यो अवधिमा कम्पनीको वित्त खर्चमा आएको कमी र आम्दानीमा समेत सुधार आउदा कम्पनीको नाफा धनात्मक भएको हो । कम्पनीले यो अवधिमा १ करोड ४३ लाख रुपैयाँ बराबरको वित्त खर्च गरेको छ । जुन अघिल्लो आवको तुलनामा २३.५३ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीको वित्त खर्च १ करोड ८७ लाख रुपैयाँ रहेको थियो ।

यस्तै कम्पनीको प्रत्यक्ष खर्च पनि ६१.९६ प्रतिशतले घटेर १५ लाख ७६ हजार रुपैयाँमा सीमित बनेको छ । कम्पनीको विद्युत बिक्री आम्दानी पनि ४.४१ प्रतिशतले बढेर ३ करोड ४६ लाख रुपैयाँ पुगेको छ । कम्पनीले कर्मचारीका लागि १४ लाख ४५ हजार रुपैयाँ र अन्य सञ्चालनका लागि २४ लाख ८१ हजार रुपैयाँ खर्च गरेको छ । कम्पनीको रिजर्भ फण्ड २९ करोड ८ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस)२.६४ रुपैयाँ ऋणात्मक रहेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal