Skip to content

नेप्से परिसूचक ६ दशमलव ३५ अंकले घट्दा, ३० करोड ८४ लाखको कारोबार

nabil bank

लगानीन्युज/काठमान्डौ : आज साताको दोश्रो दिन नेप्से परिसुचक ६ दशमलव ३५ अंकले घटेर ११६० दशमलव २८ को विन्दुमा पुगेको छ। परिसुचक आज ० दशमलव ५४ प्रतिशतले घटेको छ। आज दिन भरमा ३० करोड ८४ लाख बराबरको शेयर किनबेच भएको छ।
आज बजार ११६६ दशमलव ६३ को विन्दुमा खुलेकोमा बजार ११६७ दशमलव १९ अंक को बिन्दु सम्म पुगेको थियो। बजारको आजको न्यून विन्दु ११५९ दशमलव २३ रहेकोमा बजार त्यो भन्दा अलिकता माथि ११६० दशमलव २८ को विन्दुमा बन्द भएको छ। यसको मतलव बजारमा आज बिक्री कर्ता नै हावी देखिए।
आज सबै भन्दा धेरै एनएमबि बैंक लिमिटेडको शेयर किनबेच भयो। बैंकको २ करोड २७ लाख बराबरको शेयर किनबेच भयो।
आज नेपाल हाइड्रो डेभलपर कम्पनी मूल्य सबै भन्दा धेरै ४ दशमलव ४८ प्रतिशतले वृद्धि भयो भने नेपाल सेवा लघुवित्त वित्तीय संस्था शेयर मुल्य सर्वाधिक ५दशमलव ६५ प्रतिशतले घटेको छ।
आज  “फाईनान्स” उपसुचक बाहेक सबै उपसुचकमा गिरावट देखिएको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi