काठमाडौं । नेपाली बजारमा साताको दोस्रो कारोबार दिन सोमबार सुनको मूल्य १ हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन १ लाख ६६ हजार रुपैयाँमा किनबेच भएको छापावाला सुन आज १ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, आज चाँदी प्रतितोला ५ रुपैयाँ घटेर १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको छ । चाँदी अघिल्लो दिन १ हजार ९ सय ६० रुपैयाँमा किनबेच भएको थियो ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।












प्रतिक्रिया दिनुहोस्