Skip to content

मंगलबारदेखि यती एयरलाइन्सले भैरहवा–पोखरा उडान गर्ने

काठमाडौं । मंगलबारदेखि यती एयरलाइन्सले  भैरहवा–पोखरा–भैरहवा उडान गर्ने भएको छ। यतीले यो गन्तव्यमा दैनिक उडान गर्न लागेको हो।

भैरहवा–पोखराको उडान समय ११ः०५ बजे र पोखरा–भैरहवाको उडान समय ११ः४५ बजे रहेको छ। हाललाई एकतर्फी हवाई भाडा दुई हजार पाँच सय रहेको एयरलाइन्सले जनाएको छ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको संख्या वृद्धि गर्न टेवा पुर्‍याउने उद्देश्यले भैरहवा–पोखरा प्रत्यक्ष उडान सुरु गरेको कम्पनीको भनाइ छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T