काठमाडौँ । फुड डेलिभरी कम्पनी फुडमाण्डुले आफ्नो १४औँ वार्षिकोत्सव मनाउँदै फुडमाण्डु वानमार्ट सार्वजनिक गरेको छ । सन् २०१० मा स्थापना भएदेखि फुडमाण्डुले अनलाइन फुड डेलिभरी सेवा सुरु गरेर ग्राहकवर्गलाई आफ्नो मन पर्ने रेस्टुरेन्टको खाना सजिलै घरमै पुर्याउँदै आएको छ । अहिले फुडमाण्डु काठमाडौँ, पोखरा र चितवनमा पूर्णरूपमा स्थापित भइसकेको छ ।
फुडमाण्डु वानमार्टको सुरुवातसँगै अब फुडमाण्डुले ग्राहकहरूलाई ग्रोसरीलगायत दैनिक आवश्यक वस्तुहरू पनि घरमै डेलिभरी गर्ने छ । अब ग्राहकहरूले फुडमाण्डु एपबाट ७ सयभन्दा बढी उच्च गुणस्तरीय वस्तुहरूको तुरुन्तै र भरपर्दो डेलिभरी पाउनेछन् ।
हालका लागि यो सेवा गैरीधाराबाट ३ किलोमिटरको दायराभित्र पर्ने महाराजगन्ज, धुम्बाराही, बालुवाटार र मैतीदेवी जस्ता क्षेत्रहरूमा उपलब्ध छ भने छिटै नै यो सेवा काठमाडौँ उपत्यकाभरि विस्तार गरिने कम्पनीले जनाएको छ ।
साथै १४औँ वार्षिकोत्सवको अवसरमा फुडमाण्डुले ʻफ्यान्टास्टिक १४’ नामक सेल्स क्याम्पेनको सुरुवात गर्दै ७० प्रतिशतसम्मको छुट प्रदान गर्ने भएको छ । यस क्याम्पेनमा ग्राहकहरूलाई फ्ल्याट डिस्काउन्ट, कम्बो अफर, बाई वान गेट वान डिल, क्याटेगोरी क्रन्च, फोर्टिन बाइट्स प्लेटर, फोर्टिन डेज – फोर्टिन मेगा अफर र फोर्टिन्थ आवर सेल्स जस्ता आकर्षक अफरहरू उपलब्ध हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्