काठमाडौं । गैर आवसीय नेपाल संघको उच्च स्तरीय समितिको पहिलो बैठक आह्वान गरिएको छ । संघले आज विज्ञप्ति जारी गरेर नोभेम्बर १९ अर्थात मंसिर ४ गतेका लागि उच्च स्तरीय समितिको बैठक आह्वान गरिएको हो ।
‘प्रस्तुत सूचना सम्मानित सर्वोच्च अदालतले मुद्दा नं. ०७९–WO–१५०७ को उत्प्रेषण परमादेश मुद्दामा मिति २०८०/१२/२१ मा भएको फैसलाले गठित उच्च स्तरीय समिति र सो समितिलाई दिएको आदेशको कार्यान्वयनार्थ गैर आवासीय नेपाली संघको सदस्यता, निर्वाचन तथा अधिवेशन प्रतिनिधि छनौट लगायत सम्बद्ध सम्पूर्ण विवादको समाधान गरी एकतापूर्ण महाधिवेशन गर्न परराष्ट्र मन्त्रालयको मिति २०८१/०७/०१ को पत्रको आधारमा उच्च स्तरीय समितिको पहिलो बैठक मिति २०८१/०८/०४ गते, मंगलबार (तदानुसार सन् २०२४ नोभेम्बर १९ तारिख), समय दिनको ३ः०० बजे देखि ५ः०० बजे सम्म बैठक आह्वान गरिएको हो,’ विज्ञप्तिमा भनिएको छ ।
सो बैठक काठमाडौं महानगरपालिका वडा नम्बर ४ मार हेको सुवर्ण समशे मार्गमा रहेको गैर आवासीय नेपाली संघको कार्यालयमा हुने बताइएको छ । यो बैठकमा विविध विषयमा छलफल गरी निर्णय गरिने उच्च स्तरीय समितिका संयोजक शेष घलेले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्