काठमाडौं । नेपाली स्थानीय बजारमा बुधबार सुन तोलामा ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन १ लाख ६२ हजार ६ सय रुपैयाँमा किनबेच भएको छापावाला सुन आज १ लाख ६२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको भाउ भने प्रतितोला १५ रुपैँयाले बढेको छ । बुधबार चाँदी प्रतितोला १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भएको छ भने अघिल्लो दिन १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्