Skip to content

पाल्पामा शेयर बजार तालिम सम्पन्न

nabil bank



लगानीन्युज/पाल्पा: सफल नेपाल इन्भेस्टमेन्ट प्रालिको आयोजनामा पाल्पा तानसेन नगरपालिकामा पहिलो पटक एक दिने सामान्य तथा आधारभूत शेयर  तालिम सम्पन्न भएको छ।  तालिम तानसेन स्थित होटल द ह्वाईट लेकमा असोज २० गते शनिवार सम्पन्न भएको थियो।
तालिममा ३५ जना पाल्पाली तथा अन्य जिल्लाका लगानीकर्ताको सहभागिता थियो।

 तालिममा सन्तोष राज बजगाईँले सहजकर्ताको भूमिका निर्वाह गर्नु भएको थियो।
आयोजक सफल नेपाल इन्भेस्टमेन्टका अध्यक्ष कमल तिवारीले राजधानी बाहिर चाहेर पनि शेयर तालिम लिन नसकेका लगानीकर्तालाई घर दैलोमा नै पुगेर तालिम दिने योजना रहेको जानकारी दिनु भयो।  अब यसपछि कपिलवस्तुमा शेयर तालिम आयोजना गरिने जानकारी पनि दिनु भयो।

नेपाल पुँजी बजार लगानीकर्ता संघका प्रदेश नम्बर ५ का संयोजक माधव प्रसाद पाण्डेका अनुसार प्रदेश नम्बर ५ मा पुँजी बजार विकास गर्न यस प्रकारका तालिम निकै प्रभावकारी र मोफसलको बजार विस्तार मा सहयोग पुग्ने जानकारी दिनु भयो।

कार्यक्रममा नेपाल पुँजी बजार लगानीकर्ता संघका सह संयोजक सूर्य पाण्डेले अतिथिको भूमिका निर्वाह गर्नु भएको थियो भने गोपी राज भुसालले कार्यक्रम सञ्चालन गर्नु भएको थियो।

तालिम संयोजक गोपाल अर्यालले सबै लाई धन्यवाद दिँदै कार्यक्रम गर्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिनु भयो।


Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime