Skip to content

लाभास प्रस्ताव गरेका तर बुक क्लोज हुन बाँकी कम्पनीहरु ; सुची सहित

nabil bank

लगानीन्युज/काठमान्डौ : आर्थिक वर्षको समाप्ति संगै नेप्सेमा सुचिकृत कम्पनीहरुले लाभास प्रस्ताव गर्ने क्रम बढ्दै छ ।
लाभास प्रस्ताव गर्ने कम्पनी मध्य केहीको बुक क्लोज भैसकेको अवस्था छ भने २८ कम्पनीको बुक क्लोज मिति अझै आउँन बाँकी छ। स्वरोजगार लघुवित्तको बुक क्लोज मिति तय भएको छ। साधारण सभा प्रयोजनाका लागि  स्वरोजगार लघुवित्तको असोज ५ गते देखि असोज २० गते सम्म बुक क्लोज हुने भएको छ।  असोज ४ गते सम्म कायम शेयरधनीले २० प्रतिशत बोनस शेयर र कर प्रयोजनाका लागि १ दशमलव ०५३ प्रतिशत नगद लाभास पाउने छन्।

 त्यस्तै रिडी हाईड्रोपावरले पनि बुक क्लोज मिति तय गरेको छ।  कम्पनीले असोज ७ गते एक दिनका लागि बुक क्लोज मिति तय गरेको छ।  असोज ६ गते सम्म कायम शेयरधनीले प्रस्तावित लाभास प्राप्त गर्ने छन्।

लाभास प्रस्ताव गर्ने मध्य LICN ( लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालले ) भने बल्ल अहिले आर्थिक वर्ष ७३/७४ को लाभास प्रस्ताव गरेको छ।  

हेरौ प्रस्तावित लाभास :
(स्पस्ट हेर्न तलको तस्वीरमा क्लिक गर्नु होला।  )
न्युनतम चुक्ता पुँजी पुग्दापनि केही कम्पनीले बोनस प्रस्ताव गरेका छन्। कम्पनीहरु आफ्नो व्यापार व्यवसाय संगै पुँजीपनि वृद्धि गर्दै लगेको प्रस्ट देखिन्छ। “अब कम्पनीहरुले खाली नगद लाभास मात्र दिन्छन” भन्ने समुहलाई अहिलेसम्मको प्रस्तावित लाभासले  गलत साबित बनाएको छ।  
कम्पनीहरुले राम्रो लाभास प्रस्ताव गरेको बेला कम्पनीको आधारभूत कुरा हेरी लगानी गर्नु उपयुक्त हुन्छ।  
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi