Skip to content

देशभरका मालपोत कार्यालयले १ महिनामा उठाए २ अर्ब ७० करोड राजस्व

काठमाडौँ । देशभरका मालपोत कार्यालयले गत कात्तिक महिनामा २ अर्ब ७० करोड ४० लाख ४६ हजार छ सय ४५ रुपैयाँ बराबरको राजश्व सङ्कलन गरेको छ । घर जग्गाको कारोबारमा अपेक्षित रुपमा सुधार आउन नसकेको कारोबार तथा राजश्व सङ्कलनको प्रवृत्तिले देखाएको छ ।

असोज महिनाको तुलनामा कात्तिकमा राजस्व सङ्कलनमा गिरावट आएको हो । असोजमा ३ अर्ब आठ करोड १२ लाख ४१ हजार चार सय ८१ रुपैयाँ बराबरको राजश्व सङ्कलन भएको थियो । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चाड पर्वलगायतका कारणले गत असोजको तुलनामा कात्तिकमा राजस्व सङ्कलनमा कमी आएको हो ।

अर्घाखाँची सिमेन्ट
Hyundai

विभागका अनुसार, काठमाडौँ उपत्यकाभित्रका नौ वटा मालपोत कार्यालयहरुमध्ये सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलले २४ करोड ५७ लाख ५४ हजार आठ सय ५८ रुपैयाँ बराबर राजस्व सङ्कलन गरेको छ ।

मालपोत कार्यालय गोटीखेल ललितपुरले चार लाख ६७ हजार सात सय २० रुपैयाँ, भक्तपुरले १७ करोड ६९ लाख २३ हजार छ सय ४५ रुपैयाँ, डिल्लीबजारले १५ करोड ७७ लाख २० हजार पाँच सय ४५ रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेको छ । विभागका अनुसार मालपोत कार्यालय चाबहिलले २१ करोड ४२ लाख ४६ हजार नौ सय ९२ रुपैयाँ, कलङ्की मालपोत कार्यालयले १७ करोड आठ लाख ४४ हजार सात सय ५१ रुपैयाँ, साँखु कार्यालयले ४ करोड ७९ लाख ५४ हजार नौ सय ४२ रुपैयाँ, मनमैजु कार्यालयले ५ करोड ५० लाख ९३ हजार छ सय ३२ रुपैयाँ, टोखा कार्यालयले ३ करोड ५७ लाख २७ हजार छ सय ६५ रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेको छ ।

मुलुकभर एक सय ३३ मालपोत कार्यालय छन् । ती कार्यालयले १७ करोड ७८ लाख ३८ हजार चार सय ६६ रुपैयाँ बराबरको सेवा कर उठाएको छ । यस्तै, रजिष्ट्रेशन शुल्क १ अर्ब ८२ करोड ९५ लाख ३० हजार एक सय ३१, पूँजीगत लाभकर ९३ करोड ७७ लाख ९१ हजार आठ सय २० रुपैयाँ सङ्कलन गरेको छ ।

विभागका अनुसार गत साउनमा रु तीन अर्ब ८३ करोड ५० लाख ८२ हजार आठ सय ८५ रुपैयाँ, भदौमा ३ अर्ब ९ करोड दुई लाख ५९ हजार एक सय ५२ रुपैयाँ बराबरको राजस्व सङ्कलन भएको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्