काठमाडौं । साताको दोस्रो कारोबार सोमबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ६१ हजार रुपैयाँमा खरिद बिक्री भएको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६० रुपैयाँमा खरिद बिक्री भएको थियो ।
साथै, सोमबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ । आज चाँदीको मूलय १ हजार ९ सय २० रुपैयाँमा खरिद बिक्री भएको छ ।
प्रतिक्रिया दिनुहोस्