Skip to content

प्रदेश नं. २ मा शेयर बजार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

nabil bank

लगानीन्युज/काठमान्डौ : नेपाल पूँजीबजार लगानीकर्ता संघले भाद्र १५ गते शुक्रबार जनकपुरमा “ वर्तमान सेयर बजारका अवसर तथा चुनौतीहरु ” विषयक अन्तरक्रिया कार्यक्रम संचालन गरेको छ ।

 प्रदेश नं. २ का मूख्य मन्त्री, नेपाल राष्ट्र बैंक  जनकपुरका निर्देशक साथै प्रदेश नं. २ का विभिन्न पेशा व्यवसायमा आवद्ध  महानुभावहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भयो । 

नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष सुश्री राधा पोखरेलका अनुसार जनकपुरमा एउटा पनि शेयर कारोवार गर्न ब्रोकर कार्यालय नहुनुले यहाँका लगानीकर्तालाई  निकै अप्ठेरो परेको र यो विषयलाई सम्बन्धित ठाउँमा पुर्याउन नेपाल पूँजीबजार लगानीकर्ता संघले कुनै कसरत नछोड्ने कुराको जानकारी दिनु  भयो।  
अध्यक्ष राधा पोखरेलका अनुसार  नेपाल पूँजीबजार लगानीकर्ता संघले सातै प्रदेशमा  अन्तरक्रिया कार्यक्रम संचालन गर्ने छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi