Skip to content

पूर्वी चितवनका दुई पालिकामा दूध ‘जोन’

nabil
global ime

चितवन । पशु सेवा कार्यालयले पूर्वी चितवनका दुई पालिकालाई दूध ‘जोन’का रुपमा घोषणा गरेर कार्यक्रमलाई अघि बढाइएको छ । पूर्वी चितवनको खैरहनी नगरपालिका र राप्ती नगरपालिकामा जोन कार्यक्रम सञ्चालन गरिएको हो ।

पशु सेवा कार्यालयका सूचना अधिकारी सविना मिश्रका अनुसार खैरहनीका १० वडा र राप्तीका आठ वडालाई समावेश गरेर दूध जोन कार्यक्रम लागू गरिएको हो । दैनिक १० लिटर वा सोभन्दा माथि दूध उत्पादन गर्ने निजी फार्म तथा साझेदार संस्थाले अनिर्वाय रुपमा पशु बीमा गरेको हुनुपर्ने गरी कार्यक्रम लागू गरिएको हो ।

जोन कार्याक्रम लागू हुनका लागि दैनिक ३० हजार लिटर दूध उत्पादन हुने क्षेत्र हुनुपर्ने हुन्छ । कार्यक्रम लागू भएका वडाबाट हाल ४६ हजार एक सय तीन लिटर दूध उत्पादन हुँदै आएको छ । जोन कार्यक्रमअन्तर्गत एक किसानले अधिकतम रु ७५ हजार अनुदान पाउनेछन् ।

जोन कार्यक्रममा ३० जना किसान सहभागी छन् । गत वर्षसमेत यो कार्यक्रम खैरहनी र राप्ती नगरपालिकामा लागू भएको थियो।  जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेका अनुसार त्यसअघि भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकामा दूध जोन कार्यक्रम लागू गरिएको थियो ।

यस कार्यक्रममा सहभागी हुने कृषकले व्यवसाय दर्ता, दूध उत्पादनको सहकारीमार्फत प्रमाणित गर्नेलगायत प्रक्रिया पूरा गरेपछि गाई खरिदका लागि रु ७५ हजार अनुदान दिइने गरेको उनले बताए।  उनले भने, ‘दूध जोन कार्यक्रमले पशुपालन गर्ने कृषकलाई उत्साह थपेको छ ।’ किसानलाई आर्थिकसँगै प्राविधिक सहयोग हुने भएकाले यो कार्यक्रम किसानका लागि उपयोगी भएको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima