Skip to content
Prabhu

बढी आयकर बुझाउने कम्पनीका रुपमा सीजी मोटर्स सम्मानित

nabil

ललितपुर । आन्तरिक राजश्व कार्यालय ललितपुरले सीजी मोटर्स प्रा.ली.लाई सबैभन्दा बढी आयकर बुझाउने कम्पनीका रुपमा सम्मान गरेको छ । राष्ट्रिय कर दिवसको अवसरमा शुक्रबार राजश्व कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच उक्त सम्मान गरिएको हो ।

आन्तरिक राजश्व कार्यालय ललितपुरमा व्यवसायिक स्थायी लेखा नम्बर लिई कारोबार गरेका करदाताहरूमध्ये आर्थिक वर्ष २०७९/०८० को आय विवरणको आधारमा सबैभन्दा बढी आयकर दाखिला गरेकोमा सीजी मोटर्सलाई सम्मान गरिएको आन्तरिक राजश्व कार्यालयले जनाएको छ ।

आन्तरिक राश्व कार्यालयका प्रमुख कर अधिकृत नवराज पन्थीले चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीलाई खादा र सम्मान पत्रद्वारा सम्मान गरेका हुन् । सीजी मोटर्सलाई सबैभन्दा बढी आयकर बुझाउने कम्पनीका रुपमा सम्मान गर्न पाउँदा खुसी लागेको र आगामी बर्षहरूमा कम्पनीले थप व्यवसायिक सफलता हासिल गर्न सकोस् भन्दै उनले शुभकामना दिएका छन् ।

सो अवसरमा चौधरी ग्रुपका प्रबन्ध निर्देशक चौधरीले आफ्नो ग्रुपले देशको कुल सरकारी राजश्वको २ प्रतिशत कर योगदान गर्न सकेकोमा सन्तोष व्यक्त गर्दै राष्ट्रको भौतिक एवं सामाजिक विकासमा यस्तो योगदानलाई बढाउदै लैजान चौधरी ग्रुप प्रतिवद्ध रहेको बताए ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal