Skip to content
Prabhu

जापानका लभ होटलका अनौठा डिजाइन

nabil
एजेन्सी । फ्रान्सेली फोटोग्राफर फ्रान्स्वा प्रोस्टले जापानका लभ होटलहरूबारे जानकारी बटुल्न सडक यात्राका लागि लामो समय गुगल म्याप्समा बिताए । यी यस्ता होटलहरू हुन जुन देशभर भेटिन्छन् । यहाँ प्रति घण्टाको दरमा रुम उपलब्ध हुन्छन् । र, पाहुनाहरूलाई गोपनीयता दिने उद्देश्यले डिजाइन गरिएका छन् । तर, जब उनले आफ्नो तीन हजार किलोमिटरको यात्रामा सुरुवात गरे, यी होटलहरू नदेखिने कुरै भएन ।
यी केही होटलहरूले मुटु वा ओठको थिम गरिएको बोर्डहरू (वा होटल प्यासन, होटल जोय वा होटल बेबीकिस जस्ता नामहरू) प्रस्तुत गरेका छन् । साथै अन्य होटलहरू आफ्नो रमाइलो वास्तुकलाबाट सजिलै चिनिन्थे, जुन बिडम्बनापूर्ण रूपमा गोपनीय थिएन ।
“तपाईंले यस्ता ठाउँहरू देख्न सक्नुहुन्छ, होटलको आकार अन्तरिक्षयान, डुङ्गा र ठूला ह्वेलहरू पनि, जुन केटाकेटीको खेलौना जस्तो लाग्छन्,” प्रोस्टले भने, “धेरै होटलहरू त दरबारजस्तै छन्,” उनले आफ्नो नयाँ फोटोग्राफी श्रृङ्खलामा समेटिएका करिब दुई सय लभ होटलहरूको जानकारी दिए ।
चिबामा अवस्थित होटल यूएफओ, प्रोस्टले आफ्नो यात्रामा देखेको सबैभन्दा अनौठो डिजाइनहरूमध्ये एक थियो । यस्ता होटलहरूमा पाहुनाहरूले रातभर बस्न सक्ने सुविधा भए पनि, जापानी लभ होटलहरूले क्युक वा आरामका लागि छोटो समयका दरहरू पनि प्रदान गर्छन् ।
सन् १९५८ मा जापानले वेश्यावृत्तिलाई गैरकानूनी ठहर गरेपछि, यस्ता होटलहरूले राम्रो व्यवसाय पाएका थिए । वेश्यावृत्ति बन्द गरिएका ब्रोथलहरूले वैकल्पिक स्थानतर्फ धकेलिएका थिए ।  तर, आजको दिनमा, यी होटलहरू मुख्य रूपमा साना वा साझेदारी गरिएको घरमा बस्ने जोडीहरूका लागि गोपनीयता प्रदान गर्न केन्द्रित छन् ।
“यहाँ केही मात्रामा यौनको व्यवसाय पनि हुन्छ,  छ, तर मुख्यतया युवा जोडीहरू र युवा व्यक्तिहरू गोपनीयता खोज्न आउँछन्,” प्रोस्टले भने । उनको यात्रा होन्शु र शिकोकु (जापानका चार मुख्य टापुमध्ये क्रमशः सबैभन्दा ठूलो र सानो) हुँदै टोकियो फिर्ता हुने गरी सम्पन्न भयो।
“अहिलेका दिनहरूमा, यी होटलहरू केवल यौनका लागि मात्र होइनन् । तिनीहरूलाई मनोरञ्जन स्थलहरूजस्तै, जस्तै कराओके नाइटक्लबमा पनि परिवर्तन गरिएको छ”, उनले भने ।
विशिष्ट वास्तुकलाको परम्परा
जापानमा लुकेका प्रवेशद्वार भएका आवासहरू शताब्दीऔं पछाडि देखिन्छन् । आधुनिक लभ होटलको पहिलो रूप भने त्सुरेकोमी याडो (आफ्नै साथमा ल्याउने सराय) लाई मानिन्छ, जुन प्रायः घरमा अतिरिक्त कोठा भएका परिवारहरूले सञ्चालन गर्थे ।
तर, प्रोस्टले क्यामरामा कैद गरेको अनौठो वास्तुकला सन् १९६० र १९७० को दशकमा विकसित भएको हो, जब यी होटलहरू स्तरीय बन्न थाले। सुरुमा होटलहरूको काम थाहा पाउन बाटोमा हिँड्नेहरूले भवनका डिजाइनबाट सजिलै पहिचान गर्न सक्थे ।
सन् १९७० को दशकको सबैभन्दा प्रसिद्ध लभ होटलमध्ये एक, मेगुरो एम्परर, युरोपेली दरबारजस्तो डिजाइन गरिएको थियो। यसले दरबार–थीममा आधारित होटलहरूको लहर ल्यायो, जसका दर्जनौं नमुनाहरू प्रोस्टको श्रृङ्खलामा समेटिएका छन्।
यद्यपि, १९८० को दशकको मध्यतिर लागू गरिएको कानुनले लभ होटललाई प्रहरीको क्षेत्राधिकारमा ल्याएपछि, नयाँ होटलहरूले आफ्नो डिजाइनलाई धेरै गोप्य बनाउने प्रयास गरे ।
जापानमा २० हजारभन्दा बढी लभ होटलहरू सञ्चालनमा रहेको मानिन्छ । प्रोस्टका अनुसार, यी होटलहरू जापानको सामाजिक रूढिवाद र व्यक्तिको यौनसम्बन्धी दृष्टिकोणबीचको विरोधाभासलाई झल्काउँछन् ।  अब उनले यसलाई पुस्तकका रूपमा प्रकाशित गर्न किकस्टार्टर अभियान सुरू गरेका छन्। यसभन्दा पहिले उनले जेन्टलमेन क्लब नामक पुस्तक पनि यसै तरिकाले प्रकाशित गरेका थिए ।
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal