Skip to content

साना किसानको लोभलाग्दो विवरण ; प्रति शेयर आम्दानी ६३ दशमलव ७५ रुपैया

nabil bank



लगानीन्युज/काठमाडौँ : 

साना किसान विकास लघुवित्त वित्तिय सस्था लिमिटेडले आफ्नो चौथो त्रैमासको वित्तिय विवरणमा उत्साहजनक रिपोर्ट सार्वजनिक  गरेको छ। 
६२ करोड ८८ लाख चुक्ता पुँजी भएको कम्पनीले १ वर्षको अवधिमा ४० करोड ८ लाख रुपैया खुद नाफा गर्न सफल भएको  छ।  गत वर्ष कम्पनीले ३३ करोड ६ लाख कमाएको थियो। 
लघुवित्तको जगेडा कोषमा १ अर्ब ३७ करोड रुपैया संचित छ।  पुँजी भन्दा जगेडा धेरै हुनुले कम्पनी यो मानेमा बलियो छ।  कम्पनीको किताबी मूल्य (प्रति शेयर नेट्वर्थ ) ३ सय १९ रुपैया ०६ पैसा छ।
आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमासको वित्तिय प्रतिवेदन अनुसार कम्पनीले १६ अर्ब ८९ करोड कर्जा प्रवाह गरेको छ। आर्थिक वर्ष २०७३  /७४   को चौथो त्रैमासमा  कम्पनीले १३ अर्ब ९९ करोड कर्जा प्रवाह गरेको थियो। 
कम्पनीको प्रमुख आम्दानीको श्रोतमा रहेको खुद व्याज आम्दानी ६३ करोड ८२ लाख बाट वृद्धि भएर ७६ करोड ३२ लाख पुगेको छ। 
निस्क्रिय कर्जा  ० दशमलव १० प्रतिशत बाट कम भएर ० दशमलव ०४ प्रतिशत पुगेको छ।


हेरौ कम्पनीको चौथो त्रैमास :

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime