लगानीन्युज/काठमाडौँ : साईन्टिफिक लर्निङ्ग सेन्टरको आयोजनामा कोटेश्वरमा शेयर बजार सम्बन्धी तीन दिने आधारभूत शेयर तालिमको तेश्रो ब्याच सम्पन्न भएको छ । तालिम शुक्रवार देखि सोमबारसम्म सञ्चालन भएको जानकारी आयोजकले दिएको छ। तालिममा सन्तोष राज बजगाईँले ट्रेनरको भूमिका निर्वाह गर्नु भएको थियो भने ४१ जना लगानीकर्ताको सहभागीता थियो।
तालिम पछि आयोजक साईन्टिफिक लर्निङ्ग सेन्टरको तर्फबाट उत्सव ढकालले लगानीन्युजसंग भने “हामीले निकै सस्तो शुल्कमा नव प्रवेशीको लागि शेयर तालिम दिँदै आएको अवस्था छ, यो अभियानमा सबैको साथ सहयोगको अपेक्षा गरेका छौ, तेश्रो ब्याचमा लगानीकर्ता उपस्थितिबाट झनै उत्साहित छौ। “












प्रतिक्रिया दिनुहोस्