Skip to content
Prabhu

सरकारले ५० प्रतिशत भन्सारदर घटाएपछि सुन तोलामै १५ हजार ९ सयले घट्यो, कतिमा हुँदै छ कारोबार ?

nabil

काठमाडौं । सरकारले भन्सार दर घटाएपछि सुनको मूल्य तोलामै १५ हजार ९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँ थियो ।

सरकारले भन्सार दर घटाएपछि सुनको मूल्य समायोजन गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइलीले जानकारी दिए । सरकारले हिजो मात्रै सुनको भन्सारदर २० प्रतिशतबाट १० प्रतिशतमा झारेको थियो ।

त्यस्तै आज चाँदी तोलामा ११५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १ हजार ८४५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी १ हजार ९६० रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal