Skip to content

मकवानपुरमा सय साना सिँचाइ योजना सम्पन्न

nabil bank

बागमती । कृषि  उत्पादकत्व बढाउने उद्देश्यले मकवानपुरका विभिन्न भागमा सञ्चालित एक सय एक साना सिँचाइ योजना पूरा भएका छन् । 

बागमती प्रदेशको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले चालु आर्थिक वर्षमा एक सय ९१ वटा योजना पूरा गर्ने लक्ष्य रहेकामा गत फागुनसम्ममा एक सय एक  योजना सम्पन्न भएका जनाएको छ । ती योजनामा  रु १७ करोड ८९ लाख ४७ हजार ६७५ खर्च भएको बताइएको छ । एक सय ९१ योजनाका लागि ३८ करोड ९८ हजार रुपैयाँ विनियोजित रकममध्ये सम्पन्न भएका योजनामा १७ करोड ८९ लाख ४७ हजार ६ सय ५७ रुपैयाँ खर्च भएको छ ।

 

सम्पन्न योजनाअन्तर्गत नदी नियन्त्रणतर्फ चार वटा, सिँचाइसम्बन्धी ८० वटा, मझौला सिँचाइ योजना एक, तथा अन्य १५ वटा योजना सम्पन्न भएका छन् । योजनाअन्तर्गत चालु आवको हालसम्म पाँच  हजार मिटर कुलो, सातवटा कल्भर्ट, दुई वटा पक्की सिँचाइ मुहान, तीनवटा सिँचाइ पुल निर्माण, एक सय २४ मि जाली निर्माण, तीन हजार एक सय ७६ जाली बाँध निर्माण, दुई हजार तीन सय ८० मिटर बाँध निर्माण, छ हजार चार सय ५० मिटर लामो पाइपबाट सिँचाइ कुलो निर्माण भएको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका प्रमुख निर्मल दाहालले जानकारी दिए । पुरानो नहरको  संरचना मर्मतबाट पाँच सय हेक्टर जमिन तथा थप नयाँ सिँचाइ योजनाबाट दुई सय हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको तथा अन्य संरचनाको मर्मत र निर्माण भइरहेको छ । 

 

मकवानपुर जिल्लामा हालसम्म ६२ हजार १७ हेक्टर खेतीयोग्य जमिन भएपनि  २० हजार हेक्टरमा मात्र  सिँचाइ सुविधा पुगेको छ । चालु आवको अन्तिमसम्ममा पुराना तथा नयाँ सिँचाइ योजना सम्पन्न भएमा एक हजार ५० हेक्टर थप जमिन सिञ्चित हुने कार्यालयको जनाएको छ । बागमती प्रदेशको जलस्रोत तथा सिँचाइ विकास मन्त्रालयले दुई वर्ष अगाडि प्रदेशका १३ जिल्लामा खेतीयोग्य जमिन तथा त्यहाँ उपलब्ध सिँचाइ सुविधाबारे सर्वेक्षण गरेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi