काठमाडौं । सोमबार सेयर बजार बढ्दा पनि एक कम्पनीको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । आजको कारोबार बन्द हुँदा ङादी ग्रुप पावरको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।
यो कम्पनीको सेयर मूल्य अघिल्लो दिनको भन्दा १० प्रतिशत अर्थात् ५४ रुपैयाँ ९० पैसाले घटेर ४९४ रुपैयाँ १० पैसा पुगेको छ । त्यस्तै आज नेपाल एसबीआई बैंक डिबेन्चर २०८३ को सेयर मूल्य ५.३१ प्रतिशत अर्थात् ६० रुपैयाँले घटेर १ हजार ७० रुपैयाँ पुगेको छ ।
त्यस्तै सिटिजन्स सुपर ३० म्युचुअल फण्डको सेयर मूल्य पनि ५.०६ प्रतिशत अर्थात् ०.४९ रुपैयाँले घटेर ९ रुपैयाँ २० पैसा पुगेको छ । आज जानकी फाइनान्सको सेयर मूल्य पनि ३६ रुपैयाँ १० पैसाले घटेर १ हजार ६ रुपैयाँ ९० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ३.४६ प्रतिशतले कम हो । सोमबारको कारोबार बन्द हुँदा मध्य भोटेकोशी जलविद्युत् कम्पनीको सेयर मूल्य पनि २.९० प्रतिशतले घटेर ३७५ रुपैयाँ ५० पैसा पुगेको छ । आज यो कम्पनीको सेयर मूल्य ११ रुपैयाँ २० पैसाले घटेको हो ।
प्रतिक्रिया दिनुहोस्