Skip to content
Prabhu

चन्द्रागिरी हिल्सको साधारणसभा पुस ३ गते

nabil

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले १५औं वार्षिक साधारणसभा पुस ३ गते बुधबार बोलाएको छ । कम्पनीको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले थानकोटस्थित आफ्नै कार्यालयमा बिहान ११ बजे सभा बस्ने निर्णय गरेको हो ।

कम्पनीले सभाका लागि लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश गरेको छैन । सभामा गत आवको वार्षिक र लेखापरीक्षण प्रतिवेदन सहितका वित्तीय विवरण छलफल गरी पारित गर्ने र चालु आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुनेछ ।

साथै सञ्चालक समिति सदस्यको नियुक्ति अनुमोदन गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि सभाका लागि तय गरिएका छन् । वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले मंसिर २१ गते एक दिनका लागि बुक क्लोज गर्ने बताएको छ । यसका आधारमा मंसिर २० गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनी सभामा भाग लिन योग्य हुनेछन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal