Skip to content
Prabhu

सोल्टी होटलको सेयर मूल्य समायोजन

nabil

काठमाडौं । नेप्सेमा सोल्टी होटलको सेयरमूल्य समायोजन भएको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ होटलले बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेले होटलको १० प्रतिशत बोनस सेयर समायोजन गरेको छ । समायोजनपश्चात होटलको सेयरमूल्य ५१८ रुपैयाँ १८ पैसा कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा होटलको सेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात बुधबार, दोस्रो बजारमा होटलको सेयर ५७० रुपैयाँमा रहेको थियो ।

यही समायोजित मूल्यलाई आधार मानेर यस दिन दोस्रो बजारमा होटलको सेयर कारोबार खुल्नेछ । होटलले हाल कायम चुक्ता पुँजीको १० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थसहित २६.८४२१ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।
सो लाभांश प्रस्ताव पारित गर्न होटलले पुस ४ गते ५० औँ वार्षिक साधारण सभा बोलाएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal