काठमाडौं । नेपाली उपभोक्ताका लागि परिचित कम्पनि सिजी इलेक्ट्रोनिक्सले नवीनतम सौर्य प्रविधिसहितको सिजी सोलार वाटर हिटर नेपाली बजारमा अत्याधिक माग रहेको कम्पनिले दावी गरेको छ । यो वातावरणमैत्री सौर्य गिजरले परम्परागत ऊर्जा स्रोतको निर्भरतालाई कम गर्दै ग्राहकहरूको जीवनलाई थप सरल र ऊर्जा–दक्ष बनाउने लक्ष्य लिएको हो ।
५ वर्षको ग्यारेन्टी सहित आएको यस गिजरमा इभ्याकुएटेड ट्यूब कलेक्टर टेक्नोलोजीको प्रयोग गरिएको छ । जसले सौर्य ऊर्जाको अधिकतम उपयोग गर्दै पानी तताउन थप प्रभावकारी बनाउँछ । ऊर्जा बचतमा योगदान दिने यस गिजरले बिजुली खर्च उल्लेखनीय रूपमा घटाउन सक्छ, जसले ग्राहकहरूको आर्थिक बचत मात्र होइन, वातावरणीय जिम्मेवारी बहन गर्नमा समेत सहयोग पुर्याउँछ ।
सीजी सोलार वाटर हिटर विभिन्न क्षमताहरू (१५ ट्यूबदेखि ३६ ट्यूबसम्म) र दबाब प्रणालीमा उपलब्ध छ । जसले साना तथा ठूला परिवारहरूको आवश्यकतालाई सहजै पूरा गर्न सक्छ । १५–२० ट्युब गिजर साना परिवारहरूको लागि, २४–३० ट्युब गिजर मध्यम परिवारको लागि, र घट ट्युब गिजर ठूला परिवार वा व्यवसायिक प्रयोगका लागि उपयुक्त छन् । यसमा एण्टी–कोरोसन कोटिंग र मौसम प्रतिरोधी डिजाइन रहेको छ । जसले यसलाई सबै प्रकारका मौसममा टिकाउ र भरपर्दो बनाएको छ । साथै, यसको प्रयोगकर्ता–मैत्री डिजाइनले गिजरको सजिलो स्थापना र मर्मत सुनिश्चित गरेको छ ।
नेपालले स्वच्छ ऊर्जातर्फको आफ्नो यात्रा अघि बढाइरहेको यो समयमा, सीजी इलेक्ट्रोनिक्सले नवीकरणीय ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्दै दिगो भविष्य निर्माणको दिशामा कदम उठाएको छ । यो गिजरले जाडोमा न्यानो र ऊर्जा बचतसँगै हरित भविष्य निर्माणमा योगदान पुर्याउनेछ । सीजी सोलार वाटर हिटर नेपालभरका सीजी इलेक्ट्रोनिक्स शोरूमहरूमा उपलब्ध छ ।
प्रतिक्रिया दिनुहोस्