काठमाडौं । मारूती सिमेन्टले कात्तिक ११ गतेका लागि बोलाएको साधारण सभा कात्तिक २३ गतेका लागि सारेको छ । कात्तिक ९ गते बसेको कम्पनीका सञ्चालक समितिको बैठकले चाडपर्वकाबीच सेयरधनीहरुका उपस्थिति नहुने देखिएकाले कात्तिक २३ गते बिहान ११ः३० बजे कम्पनीको रजिष्टर्ड कार्यालय, विराटनगरमा ३०औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।
त्यस्तै सभाले गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । उक्त गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीका आधारमा कर समेत ४ प्रतिशत नगद लाभांश वितरणका प्रस्ताव पनि कम्पनीले गरेको छ ।






प्रतिक्रिया दिनुहोस्