Skip to content
Prabhu

ब्रिक्समा आबद्ध देशबाट आयात हुने सामानमा शतप्रतिशत ट्यारिफ लगाउने ट्रम्पको चेतावनी

nabil
एजेन्सी । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले नयाँ चेतावनी दिएका छन् । उनले ब्रिक्स अन्तर्गतका मुलुकलाई डलरको विकल्प खोजे ती मुलुकबाट हुने सामान आयातमा शतप्रतिशत कर लगाउने चेतावनी दिएका हुन् ।
ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाले कारोबारका लागि अमेरिकी डलरको विकल्पमा जान सक्ने अवस्था देखिएपछि उनले उक्त चेतावनी दिएका हुन् । ती देशबीचमा ब्रिक्सका लागि नयाँ मुद्रा बनाउनेबारे चर्चा सुरु भएको थियो ।
ब्रिक्स सन् २०११ मा स्थापना भएको हो । यसैवर्षको सुरुआतमा इरान, साउदी अरेबिया, यूएई, इथियोपिया र इजिप्टले औपचारिक रुपमा ब्रिक्समा सहभागिता जनाइसकेका छन् । साथै ३४ वटा मुलुकले आबद्धताका लागि रुचि  देखाइसकेका छन् ।
सन् २०२३ मा ब्राजिलमाका नेता लिइज इनासिओ लिजा दा सिल्भाले ब्रिक्समा आबद्ध भएका मुलुकबीचमा कारोबारका लागि एउटै मुद्रा बनाउने प्रस्ताव गरेका थिए । यसबाट डलरमाथि भर पर्नुपर्र्ने बाध्यता नहुने उनको धारणा थियो ।
ब्रिक्सका मुद्रा र बैंकिङ सञ्जाललाई अमेरिकी डलरनिर्भरबाट बाहिर ल्याउँदा यसका सदस्य राष्ट्रलाई पश्चिमी प्रतिबन्धको प्रभाव कम गर्न र आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । यद्यिि नयाँ मुद्रा निर्माण गर्ने सम्भावना भने सदस्य राष्ट्रहरूको आर्थिक र भू–राजनीतिक भिन्नताका कारण न्यून देखिन्छ ।
विस्तारित ब्रिक्स समूह चीनका लागि महत्त्वपूर्ण छ, किनभने यो समूहमार्फत प्रमुख राष्ट्रहरूसँग नजिकको साझेदारी गर्दै अमेरिकी नेतृत्वलाई चुनौती दिन चीनले प्रयास गरिरहेको  छ । । यो रूसका लागि पनि फाइदाजनक छ, किनभने सन् २०२२ मा युक्रेनमाथि भएको आक्रमणपछि रूसलाई पश्चिमबाट आर्थिक र कूटनीतिक रूपमा बहिष्कृत गरिएको छ ।
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal