Skip to content
Prabhu

बंगलादेशमा सौर्य ऊर्जा संयन्त्र निर्माणका लागि एडीबी र एमएसईएलबीच सम्झौता

nabil

मनिला । एसियाली विकास बैंक (एडीबी) ले सोमबार बंगलादेशमा ग्रिड जडान गरिएको ‘सौर्य फोटोभोल्टिक पावर प्लान्ट’ स्थापना गर्न मुक्तागाचा सोलारटेक एनर्जी लिमिटेड (एमएसएएल) सँग २४.३ मिलियन अमेरिकी डलरको वित्तीय प्याकेजमा हस्ताक्षर गरेको छ ।

बंगलादेशस्थित ऊर्जा कम्पनी जुल्स पावर लिमिटेडको स्वामित्वमा रहेको एमएसइएलका लागि वित्तीय प्याकेजको व्यवस्था गरिएको एडीबीले जनाएको छ ।

परियोजनाले २० मेगावाट ग्रिड जडित सौर फोटोभोल्टिक पावर प्लान्ट निर्माण र सञ्चालन गर्नेछ भने वार्षिक ३७.९ गिगावाट–घण्टा बिजुली उत्पादन गर्ने गरी वार्षिक १८ हजार ३४४ टन कार्बन डाइअक्साइड उत्सर्जनबाट जोगाउने जनाइएको छ ।

परियोजनाको उद्देश्य बंगदेशमा प्रगति र दिगो ऊर्जा समाधानहरू अगाडि बढाएका हुन् । दीर्घकालीन वित्तपोषणले नवीकरणीय ऊर्जा विकासमा निजी क्षेत्रको संलग्नता प्रबर्द्धन गरी नवीकरणीय परियोजनाको पुँजी आवश्यकता सम्बोधन गर्ने निजी क्षेत्र सञ्चालनका लागि एडीबीका महानिर्देशक सुजैन गाबोरीले बताएका छन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal